Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

रोकियो एसइईदेखि वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण

खबरडबली संवाददाता

काठमाडौँ । पाँच दिनदेखि जारी शिक्षक र विद्यालय कर्मचारीहरूको आन्दोलन कारण माध्यमिक शिक्षा परीक्षा र विभिन्न कक्षा तहका वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित बनेको छ। विभिन्न शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणरसम्परीक्षणका लागि इच्छुक शिक्षकहरूलाई आवेदन पेस गर्न भन्दै सूचना जारी गरेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा भनिएको छ,‘यस जिल्लामा प्राप्त माध्यमिक शिक्षा परीक्षा २०८१ का उत्तरपुस्तिकाहरू परीक्षणरसम्परीक्षण गर्नुपर्ने हुँदा इच्छुक शिक्षकहरूले कागजातसहित यस कार्यालयमा निवेदन पेस गर्नुहुन अनुरोध छ।’

तर शिक्षकहरूले उक्त उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरिसकेका छन्। नेपाल शिक्षक महासंघले भोलि ९सोमबार०देखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ। महासंघले यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ। अब देशभरका सबै विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं।’​

जस कारण एसइईलगायत अन्य परीक्षाफल प्रकाशन प्रभावितसँगै ढिलाइ हुने देखिएको छ। त्यसैले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू तत्काल माग सम्बोधन गरी विद्यालयमा शिक्षकहरू फर्किनुपर्ने वातावरण मिलाइदिन प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारसँग माग गरेका छन्।

गुल्मीको सत्यवती गाउँपालिकाको जनता मावि, सरस्वती मावि लगायत ३३ वटा विद्यालयका प्रधानाध्यापकहरूले आज९आइतबार० सरकारलाई माग सम्बोधनको सम्बन्धमा पत्र नै लेखेर पठाएका छन्।

पत्रमा भनिएको छ, ‘विगतमा भएका सम्झौता कार्यान्वयन नभएका कारण बाध्य भई नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक कर्मचारीहरू अनिश्चितकालीन सडक आन्दोलनका लागि काठमाडौँमा हुनुहुन्छ। शिक्षक कर्मचारीहरू विद्यालयमा उपस्थित भई वार्षिक परीक्षाको उत्तर पुस्तिका परीक्षण, परीक्षाफल प्रकाशन, आगामी शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान, शैक्षणिक योजना निर्माण लगायतका कार्यहरू गर्नुपर्ने महत्त्वपूर्ण समयमा शिक्षक कर्मचारीको आन्दोलनका कारणले विद्यालयहरू बन्द छन्। तसर्थ शिक्षक कर्मचारीहरूका माग तत्काल सम्बोधन गरी विद्यालयहरू निर्बाध रूपमा सञ्चालनको वातावरण मिलाइदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दछौं।’

‘यो निर्णायक आन्दोलन हो‚ रोकिँदैन’ 

नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि देशभरका शिक्षक काठमाडौँ आई विरोध प्रदर्शन गरिरहेका छन्। आज उनीहरूको सिटी फुकेर आन्दोलन गरे। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यो निर्णायक आन्दोलन रहेको बताउँदै नरोकिने जानकारी दिए।

उनले भने, ‘सरकारले बारम्बार झुलाइरहेको कारण हामी यसरी सडकमा आउन बाध्य भयौँ। यो मेरो आन्दोलन, मेरो सहभागिता हो। हामी अनुशासित र मर्यादित भएर आन्दोलन गरिरहेका छौँ, समय लाग्ला तर यो आन्दोलन सफल हुनेछ,बनाएरै छाड्छौँ।’ 

महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी तत्काल गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकरकर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनुपर्ने महासंघको माग छ।

मन्त्रालयले बोलायो वार्तामा तर गएनन्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २० गते नै आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको थियो तर पहिला गरिएको सहमति पनि सरकारले अझै पूरा नगरेकाले वार्तामा विश्वास नभएको भन्दै महासंघले वार्तामा जान अस्वीकार गरेको छ।

सरकारले वार्ताका लागि पुनः आह्वान गरे पनि उनीहरू गएका छैनन्। महासंघका अध्यक्ष सुवेदीले वार्ता नभई शिक्षा विधेयक जारी हुनुपर्ने चाहेको बताए। तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सरकारले जारी नगरेसम्म आन्दोलन नरोकिने र वार्तामा पनि नजाने महासंघले अडान लिएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्लास्टिकको चामल’ फेला परेको हल्ला निराधार

उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँ  । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...

देउवामाथि अनुसन्धानको चर्चा, रावलको प्रतिवाद—‘दाइजोको सम्पत्ति हो’

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...

प्रधानमन्त्रीको आधिकारिक तस्बिर संशोधन, चश्माको ब्रान्ड हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

 काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...

जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ९ लाख ठगी, श्रीमान श्रीमती पक्राउ

काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि...

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामि...

जापानले तैनाथ गर्‍यो लामो दूरीको मिसाइल

टोकियो ।  क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending