Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रवि थुन्ने आदेशमा सन्दीप रिहा गर्ने आदेशको ‘कपिपेस्ट’ !

खबरडबली संवाददाता

काठमाडौं । उच्च अदालत तुलसीपुर (बुटवल) इजलासले रवि  लामिछानेलाई थुनामा पठाउन दिएको आदेशको चौथो पृष्ठ (बायाँ) र उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको पाँचौँ पृष्ठ (दायाँ)मा हुबहु व्यहोरा । 

रविको मुद्दाको आदेशका पेज नम्बर ४, ५, ६, ७ र ८ मा भएका विषय सन्दीप लामिछानेको मुद्दामा भएको आदेशको पेज नम्बर ५ देखि १५ सम्मका विषयसँग हुबहु मिल्छन् । 

रवि लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको फैसला बदर गर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा केही रोचक विषय भेटिएका छन् । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले गरेको १० पेजको आदेशमा उल्लेख आधा विषय क्रिकेटर सन्दीप लामिछानेलाई रिहा गर्न उच्च अदालत पाटनले २८ पुस ०७९ मा गरेको आदेशसँग हुबहु मिल्छ । 

आदेशका पेज नम्बर ४, ५, ६, ७ र ८ मा भएका विषय सन्दीप लामिछानेको मुद्दामा भएको आदेशको पेज नम्बर ५ देखि १५ सम्मका विषयसँग हुबहु मिल्छन् ।

सन्दीप लामिछानेको मुद्दामा आदेश दिने एक न्यायाधीश रमेश ढकाल नै थिए । ढकालसहित न्यायाधीश ध्रुवराज नन्दनको इजलासले आदेश दिएको थियो । 

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन दिएको आदेशलाई बदर गर्न प्रयोग गरिएका आधारलाई यसपटक न्यायाधीश ढकालले रविलाई थुनामा पठाउन प्रयोग गरेका छन् । अदालत स्रोतका अनुसार शुक्रबार न्यायाधीशद्वयले आदेश लेख्ने क्रममा सहयोगीमार्फत पेनड्राइभ मगाएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending