काठमाडौं । झन्डै चार दशकअघि स्थापना भएर पनि उत्पादन थाल्नै नसकेका दुई रुग्ण सरकारी उद्योग नेपाल मेटल र ओरिन्ड म्याग्नेसाइट कम्पनी पूर्ण रूपमा बन्द गर्न सरकारले नै गठन गरेको अध्ययन समितिले साढे चार वर्षअघि सुझाव दिएको थियो । तर, अहिले आएर सरकारले कार्यकर्ता व्यवस्थापनका लागि यी उद्योगमा अध्यक्ष नियुक्त गर्न लागेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० चैतमा नेपाल मेटल कम्पनी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिको अध्यक्ष पदका लागि दरखास्त खुलाएको थियो । जसमा कम्पनीलाई के गर्ने उद्देश्यले अध्यक्ष नियुक्त गर्न खोजिएको भन्ने केही खुलाइएको थिएन ।
आवेदनका लागि दिइएको सात दिनको म्यादभित्रै आवेदन परेको र अध्यक्ष नियुक्तिकै प्रक्रियामा रहेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । तर, आफू कार्यालयबाहिर रहेकाले कतिजना र कस–कसको आवेदन परेको भन्नेबारे हेरेर मात्रै भन्न सक्ने बताए ।
दुवै कम्पनीको अध्यक्षको जिम्मेवारी अहिले खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नेपालीलाई छ । तर, स्थापनाकालदेखि सञ्चालनमै नरहेका कम्पनीमा अध्यक्षको जिम्मेवारीमा सरकारकै कर्मचारी छँदाछँदै बाहिरबाट अर्को अध्यक्ष नियुक्त गर्न खोज्नुले सरकारको नियतमाथि प्रश्न उठेको पूर्वसचिव विमल वाग्लेको टिप्पणी छ ।
‘आर्थिक हिसाबले टाट उल्टिएका कम्पनीलाई व्यवस्थापन गर्न नीतिनिर्माण तहमा काम गरेका कर्मचारी पठाएर काम गर्न सकिन्थ्यो । तर, केका लागि सडकबाट मान्छे ल्याउन खोजिएको छ भन्ने मैले बुझ्न सकेको छैन । सही नियतले ल्याउन खोजिएको हो भने टाट उल्टिएको कम्पनीमा किन मान्छे आउन खोज्दै छन् त ?’ उनले भने, ‘मन्त्रालयकै अनुभवी कर्मचारी पठाएर कम्पनीको व्यवस्थापनका लागि अध्ययन गरी सुझाव लिए पुग्नेमा बाहिरबाट भर्ती गर्न खोजिनुले सरकारको नियतमाथि स्वाभाविक रूपमा प्रश्न उठेको छ ।’
त्यसो त, अध्ययन समितिले बन्द गर्न दिएको सुझावविपरीत ५ कात्तिकमा अर्थमन्त्री विष्णु पौडेलले यी दुईसहित नौ उद्योगलाई निजीकरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । निजीकरणको नाममा सरकारले उद्योगका सम्पत्तिमाथि अनियमितता गर्न लागेको भन्दै आलोचना भइरहेका वेला दुई उद्योगमा अध्यक्ष नियुक्तिको तयारी थालिएको छ । अर्थमन्त्री पौडेलको अध्यक्षतामा बसेको निजीकरण समितिको बैठकले नेपाल मेटल कम्पनी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिसहित विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग र हेटौँडा सिमेन्ट उद्योगलाई विभिन्न सर्तमा निजीकरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । तर, कम्पनी निजीकरणको टुंगो नलाग्दै उद्योग मन्त्रालयले अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउनु विरोधाभास छ ।
उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव छविन्द्र पराजुली भने खानी विभागमा महानिर्देशक नै कम्पनीमा अध्यक्ष रहेकाले खानीहरूको नवीकरण गर्न स्वार्थ बाझिने भएकाले छुट्टै व्यक्ति अध्यक्षमा नियुक्त गर्न खोजिएको तर्क गर्छन् ।
‘अहिले खानीको नवीकरण गर्ने समय छ । नियामक र सञ्चालक छुट्टिनुपर्ने आधारभूत मान्यताअनुसार नै खानी विभागका महानिर्देशक र कम्पनीको अध्यक्ष अलग्गै हुनुपर्ने देखिन्छ । नयाँ अध्यक्ष आएपछि उक्त व्यक्तिले खानीको नवीकरणलाई आवेदन दिन सहज हुन्छ । त्यस्तै, महानिर्देशकले पनि स्वार्थ नबाझिने गरी निर्णय लिन सक्छन्,’ उनले भने ।
उनले अध्यक्ष नियुक्तिपछि नै कम्पनीहरू सञ्चालन गर्ने वा निजीकरणमा लैजाने भनेर छिनोफानो गरिने पनि बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: