Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारतबाट अब १६ घण्टा बिजुली आयात

खबरडबली संवाददाता

काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो । 

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको जानकारी दिए । ‘पहिले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ल्याउन पाइन्थ्यो, अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली ल्याउन पाइने भएको हो,’ उनले भने, ‘समयसँगै आयात गर्न पाइने बिजुलीको परिमाण पनि बढेको छ ।’

भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आईएक्सबाट हालसम्म दिउँसो साढे ५ सय मेगावाटसम्म आयात हुँदै आएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ । पीईसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भए पनि नेपालले २ सय मेगावाट मात्र ल्याउने गरेको छ ।

‘पीईसीबाट ३५० मेगावाट लिन पाउने भए पनि भारतले दिइरहेको छैन,’ शाक्यले भने, ‘भारतले आवश्यक नहुँदा मात्रै हामीलाई दिइरहेको छ ।’ राति पनि बिजुली आयात गर्न पाउने व्यवस्था भएसँगै शुक्रबारदेखि विराटनगर र भैरहवा औद्योगिक करिडोरको लोडसेडिङ बन्द हुने उनले दाबी गरे । ‘उच्च माग भएको बेला (पिक आवर) बाहेक अन्य समयमा अब औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदैन,’ उनले भने ।

भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग थप २३० मेगावाट बिजुली ल्याउन प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिए । ‘गत असोजमा २३० मेगावाट बिजुली ल्याउन सम्झौता भएको रहेछ, तर फलोअप नगर्दा भारतले उक्त बिजुली अरूलाई बेचिसकेको रहेछ, त्यो रद्द भयो,’ उनले भने, ‘एनभीभीएनसँग बोलपत्र मागेका छौं । कति रुपैयाँ पर्छ हेर्न जरुरी छ ।’ प्रक्रियामा रहेका बिजुलीसमेत आयात गर्न सकिए औद्योगिक क्षेत्रको लोडसेडिङ २/३ घण्टामा सीमित हुने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending