Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गणतन्त्रवादी र राजावादीको आज शक्ति प्रदर्शन, यसरी हुँदैछ सवारी व्यवस्थापन

ठुलो संख्यामा प्रहरी परिचालन, राजावादीहरुलाई रिङरोड प्रवेश गर्न नदिने

खबरडबली संवाददाता

काठमाडौं । आज काठमाडौंको सवारी अस्तव्यस्त हुने भएको छ । समाजवादी मोर्चा र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएको हो ।

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेका छन् । समाजवादी मोर्चा (गणतन्त्रवादी) र राजवादीहरुको छुट्टाछुट्टै र्‍याली निस्किने भएसँगै रिङरोडसँगै उपत्यका भित्रको सडक अस्तव्यस्त हुने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यी प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने सम्भावना छ। एसईईका कारण १२ बजेपछि मात्र प्रदर्शनकारीलाई समय उपलब्ध गराइएको जनाइएको छ । सवारी व्यवस्थापनका लागि आज १ हजार ८०० ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।  

समाजवादी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।

त्यसैगरी, राजावादीहरुले दुर्गा प्रसाईं नेतृत्वमा तीनकुनेमा कार्यक्रम गर्ने भएका छन् ।  भृकुटीमण्डपमा बिहान ११ बजे र तीनकुनेमा दिउँसो १ बजे प्रदर्शन हुने समय तय भएको छ ।

रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज बन्नेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुन सक्ने भएकाले वैकल्पिक रुट तय गर्न प्रहरीले अनुरोध गरेक छ ।

प्रदर्शनको शान्ति सुरक्षाका लागि २ हजार ५ सय प्रहरी खटाइने भएको छ । प्रदर्शनमा हुन सक्ने घुस पैठ र सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् ।

त्यस्तै १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा स्रोतको भनाइ छ । गणतन्त्र र राजावादीको प्रदर्शनमा दुई पक्षलाई भेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । राजावादीहरुलाई रिङरोडभित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीलाई रिङरोड आसपास प्रवेश नदिने गरि सुरक्षा रणनीति तयार भएको छ ।

राजावादीको जुलुस भक्तपुरबाट मुख्य सडकमार्ग हुँदै तीनकुने आउने छ भने जोरपाटी, नयाँ बसपार्कबाट चाबहिल हुँदै तीनकुने आउने छ । कलंकीतर्फको जुलुस सातदोबाटो कोटेश्वर हुँदै तीनकुने आउने गरि व्यवस्थापन मिलाइएको छ ।

समाजवादी मोर्चाको जुलुस भने बबरमहल माइतीघर, कुपन्डोल थापाथली, सोह्रखुट्टे पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने जनाइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending