काठमाडौं । आज काठमाडौंको सवारी अस्तव्यस्त हुने भएको छ । समाजवादी मोर्चा र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएको हो ।
काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेका छन् । समाजवादी मोर्चा (गणतन्त्रवादी) र राजवादीहरुको छुट्टाछुट्टै र्याली निस्किने भएसँगै रिङरोडसँगै उपत्यका भित्रको सडक अस्तव्यस्त हुने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यी प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने सम्भावना छ। एसईईका कारण १२ बजेपछि मात्र प्रदर्शनकारीलाई समय उपलब्ध गराइएको जनाइएको छ । सवारी व्यवस्थापनका लागि आज १ हजार ८०० ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
समाजवादी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
त्यसैगरी, राजावादीहरुले दुर्गा प्रसाईं नेतृत्वमा तीनकुनेमा कार्यक्रम गर्ने भएका छन् । भृकुटीमण्डपमा बिहान ११ बजे र तीनकुनेमा दिउँसो १ बजे प्रदर्शन हुने समय तय भएको छ ।
रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज बन्नेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुन सक्ने भएकाले वैकल्पिक रुट तय गर्न प्रहरीले अनुरोध गरेक छ ।
प्रदर्शनको शान्ति सुरक्षाका लागि २ हजार ५ सय प्रहरी खटाइने भएको छ । प्रदर्शनमा हुन सक्ने घुस पैठ र सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् ।
त्यस्तै १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा स्रोतको भनाइ छ । गणतन्त्र र राजावादीको प्रदर्शनमा दुई पक्षलाई भेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । राजावादीहरुलाई रिङरोडभित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीलाई रिङरोड आसपास प्रवेश नदिने गरि सुरक्षा रणनीति तयार भएको छ ।
राजावादीको जुलुस भक्तपुरबाट मुख्य सडकमार्ग हुँदै तीनकुने आउने छ भने जोरपाटी, नयाँ बसपार्कबाट चाबहिल हुँदै तीनकुने आउने छ । कलंकीतर्फको जुलुस सातदोबाटो कोटेश्वर हुँदै तीनकुने आउने गरि व्यवस्थापन मिलाइएको छ ।
समाजवादी मोर्चाको जुलुस भने बबरमहल माइतीघर, कुपन्डोल थापाथली, सोह्रखुट्टे पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: