Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

पहिलोपटक मनाङमा बस पुग्यो

खबरडबली संवाददाता

मनाङ ।

झल्को लाली ओठको, झल्को लाली ओठको

बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको।

कर्णालीमा बाटो पुग्दा भुइँमा खुट्टा छैन

मायालुलाई भेट्न जान कुनै चिन्ता होइन।

गायक मिलन लामा र देवी घर्तीमगरको स्वर रहेको यो गीतले मनाङमा बस पुग्दा सार्थकता पाएको आभाष भएको छ। यही गीतको झल्को दिने गरी शनिबार बेँसीशहर–पोखरा चल्ने ना ६ ख ९५७९ नं।को बस पहिलोपटक मनाङ पुगेको छ। यद्यपि यो बस व्यावसायिक नभई रिजर्भमा मनाङ पुगेको हो। अब यही गीतले भने झैँ मनाङ पुगेर सहजै मायालुलाई भेट्न पाइने आशमा मनाङी रहेका छन्।

जिल्ला प्रशासन कार्यालय मनाङले लमजुङ सदरमुकाम बेँसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालन गर्ने तयारी गरेको थियो। 

तयारी स्वरुप बाटोको अवस्थाबारे अनुगमन गर्दै सो बस मनाङ पुगेको हो। बस सञ्चालकले मनाङसम्मको यात्रा गर्दा सहज रूपमै आइपुगेको जानकारी दिएका छन्। मनाङमा यही चैत १५ गते शुक्रबार पुनः व्यवसायी साथीहरु र सरोकारवाला निकायको संयुक्त बैठकले निर्णय गरेर छिट्टै व्यावसायिक रूपमा मनाङसम्म सार्वजनिक बस सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए।

उनले भने, “सम्भवतः नयाँ वर्ष २०८२ देखि मनाङमा सार्वजनिकरुपमा २८ सिटे बस सञ्चालन हुनेछन्।” यसअघि मनाङमा ५ सिट क्षमताका पिकअप जिप मात्र सञ्चालन हुने गरेकाले यात्रुहरुले कष्टपूर्ण यात्रा गरिरहनुपरेको अवस्था रहेको छ। यसले पर्यटकीय सिजनमा यात्रुले सहज रुपमा सवारीसाधन प्राप्त नगर्ने, भाडादर महंगो तिरेर यात्रा गर्नुपर्ने, सवारीसाधनको पछाडि बसेर असुरक्षित यात्रा गर्नुपरेको अवस्था रहेको र स्थानीयले छोटो दूरीको यात्रा तय गर्न सवारीसाधन प्राप्त गर्न नसक्ने अवस्था रहेको प्रजिअ आचार्यले बताए।

सडकको अवस्थाबारे प्रजिअ आचार्यले मनाङ जलविद्युत् आयोजनाले घुम्तीमा सडक चौडा पार्ने कार्य गरिरहेको जानकारी दिए। उनले ३२ सिटे गाडी चलाउन कुनै समस्या नपर्ने व्यवसायीले आफूलाई सुझाएको बताए। यसअघि संखुवासभाबाट सरुवा भएर आएका सैनिक कर्मचारीलाई नेपाली सेनाको २/३ वटा बसले सजिलैसँग मनाङ पुर्‍याइसकेको छ। लमजुङ कालिका यातायात प्रालिले बस पठाएर ती बस चामे आएर पनि गइसकेको अवस्था रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो। अप्ठ्यारो रहेका एक दुई ठाउँमा सडक मर्मत गरी सञ्चालनको तयारी भएको छ। साथै दशचक्के मालवाहक गाडी पनि मनाङ पुगिसकेका छन्।

व्यवसायी पनि अहिलेसम्मको कुरामा सकारात्मक रहेका तथा भाडाको विषयमा कुरा नभएको उनले बताए। यातायात कार्यालयबाट रुट निर्धारण र भाडादर तोक्ने दुईवटा काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ। त्यसो त यसअघि मनाङ सदरमुकाम चामेमा २०७५ चैत दोस्रो साता मिनीबस पुगेको थियो। बेँसीसहर–बाहुनडाँडा चल्ने उक्त बस पुगेर फर्किएपछि यात्रुवाहक बस हालसम्म मनाङ पुगेको थिएन। अहिले सडकको अवस्था सुधार हुँदै गएकाले बस सञ्चालन गर्न सकिने प्रजिअ आचार्यले बताए।

नेपाली सेनाले १० वर्ष लगाएर निर्माण गरेको सडक २०६९ सालमा सडक विभागलाई जिम्मा लगाएपछि मनाङमा पिकजिप गुड्न थालेको हो। हिजोआज उक्त सडकमा ट्रकसमेत गुड्न थालेको छ। करिब ६५ किलोमिटर रहेको बेँसीसहर–चामे सडकखण्डको खुदीसम्मको ७ किलोमिटर सडक पिच भइसकेको छ। अप्ठ्यारो सडक धेरै ठाउँमा ढलान तथा स्तरोन्नति भइसकेको मनाङ प्रशासनले जनाएको छ।

फागुन तेस्रो हप्ता प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले मनाङमा सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने निर्णय गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...

एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...

मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्ने सांसद पाण्डेको चेतावनी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending