Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पहिलोपटक मनाङमा बस पुग्यो

खबरडबली संवाददाता

मनाङ ।

झल्को लाली ओठको, झल्को लाली ओठको

बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको।

कर्णालीमा बाटो पुग्दा भुइँमा खुट्टा छैन

मायालुलाई भेट्न जान कुनै चिन्ता होइन।

गायक मिलन लामा र देवी घर्तीमगरको स्वर रहेको यो गीतले मनाङमा बस पुग्दा सार्थकता पाएको आभाष भएको छ। यही गीतको झल्को दिने गरी शनिबार बेँसीशहर–पोखरा चल्ने ना ६ ख ९५७९ नं।को बस पहिलोपटक मनाङ पुगेको छ। यद्यपि यो बस व्यावसायिक नभई रिजर्भमा मनाङ पुगेको हो। अब यही गीतले भने झैँ मनाङ पुगेर सहजै मायालुलाई भेट्न पाइने आशमा मनाङी रहेका छन्।

जिल्ला प्रशासन कार्यालय मनाङले लमजुङ सदरमुकाम बेँसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालन गर्ने तयारी गरेको थियो। 

तयारी स्वरुप बाटोको अवस्थाबारे अनुगमन गर्दै सो बस मनाङ पुगेको हो। बस सञ्चालकले मनाङसम्मको यात्रा गर्दा सहज रूपमै आइपुगेको जानकारी दिएका छन्। मनाङमा यही चैत १५ गते शुक्रबार पुनः व्यवसायी साथीहरु र सरोकारवाला निकायको संयुक्त बैठकले निर्णय गरेर छिट्टै व्यावसायिक रूपमा मनाङसम्म सार्वजनिक बस सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए।

उनले भने, “सम्भवतः नयाँ वर्ष २०८२ देखि मनाङमा सार्वजनिकरुपमा २८ सिटे बस सञ्चालन हुनेछन्।” यसअघि मनाङमा ५ सिट क्षमताका पिकअप जिप मात्र सञ्चालन हुने गरेकाले यात्रुहरुले कष्टपूर्ण यात्रा गरिरहनुपरेको अवस्था रहेको छ। यसले पर्यटकीय सिजनमा यात्रुले सहज रुपमा सवारीसाधन प्राप्त नगर्ने, भाडादर महंगो तिरेर यात्रा गर्नुपर्ने, सवारीसाधनको पछाडि बसेर असुरक्षित यात्रा गर्नुपरेको अवस्था रहेको र स्थानीयले छोटो दूरीको यात्रा तय गर्न सवारीसाधन प्राप्त गर्न नसक्ने अवस्था रहेको प्रजिअ आचार्यले बताए।

सडकको अवस्थाबारे प्रजिअ आचार्यले मनाङ जलविद्युत् आयोजनाले घुम्तीमा सडक चौडा पार्ने कार्य गरिरहेको जानकारी दिए। उनले ३२ सिटे गाडी चलाउन कुनै समस्या नपर्ने व्यवसायीले आफूलाई सुझाएको बताए। यसअघि संखुवासभाबाट सरुवा भएर आएका सैनिक कर्मचारीलाई नेपाली सेनाको २/३ वटा बसले सजिलैसँग मनाङ पुर्‍याइसकेको छ। लमजुङ कालिका यातायात प्रालिले बस पठाएर ती बस चामे आएर पनि गइसकेको अवस्था रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो। अप्ठ्यारो रहेका एक दुई ठाउँमा सडक मर्मत गरी सञ्चालनको तयारी भएको छ। साथै दशचक्के मालवाहक गाडी पनि मनाङ पुगिसकेका छन्।

व्यवसायी पनि अहिलेसम्मको कुरामा सकारात्मक रहेका तथा भाडाको विषयमा कुरा नभएको उनले बताए। यातायात कार्यालयबाट रुट निर्धारण र भाडादर तोक्ने दुईवटा काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ। त्यसो त यसअघि मनाङ सदरमुकाम चामेमा २०७५ चैत दोस्रो साता मिनीबस पुगेको थियो। बेँसीसहर–बाहुनडाँडा चल्ने उक्त बस पुगेर फर्किएपछि यात्रुवाहक बस हालसम्म मनाङ पुगेको थिएन। अहिले सडकको अवस्था सुधार हुँदै गएकाले बस सञ्चालन गर्न सकिने प्रजिअ आचार्यले बताए।

नेपाली सेनाले १० वर्ष लगाएर निर्माण गरेको सडक २०६९ सालमा सडक विभागलाई जिम्मा लगाएपछि मनाङमा पिकजिप गुड्न थालेको हो। हिजोआज उक्त सडकमा ट्रकसमेत गुड्न थालेको छ। करिब ६५ किलोमिटर रहेको बेँसीसहर–चामे सडकखण्डको खुदीसम्मको ७ किलोमिटर सडक पिच भइसकेको छ। अप्ठ्यारो सडक धेरै ठाउँमा ढलान तथा स्तरोन्नति भइसकेको मनाङ प्रशासनले जनाएको छ।

फागुन तेस्रो हप्ता प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले मनाङमा सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने निर्णय गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending