काठमाडौं। विश्वको सबैभन्दा सानो बाख्रा केरलाका एक किसानको स्वामित्वमा रहेको छ ।
यो बाख्रालाई विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गरिएको छ ।
यसको मालिक पिटर लेनुलाई थाहा थियो कि उनको बाख्रा ‘करुम्बी’ एकदम सानो छ । जब मानिसहरूले उनलाई गिनिज बुकमा नाम दर्ता गराउन सुझाव दिए, उनले प्रक्रिया अगाडी बढाए। गिनिज बुकका अनुसार बाख्राको जन्म सन् २०२१ मा भएको थियो । पूर्ण रूपमा विकसित भइसके पछि पनि उसको उचाइ १ फिट ३ इन्च मात्र छ । बाख्रा क्यानेडियन पिग्मी प्रजातिको हो, जसमा आनुवंशिक बौनापन छ।
यी बाख्राको खुट्टा सामान्यतया २१ इन्च भन्दा बढि हुदैन। पिटर लेनुले गाई, खरायो, कुखुरा र हाँस पनि पालेका छन् । पिटर लेनुको यो बाख्रा अहिले गर्भवती भएकी छे। सोचिएका छ कि उसका पाठापाठी पनि उ जस्तै हुनेछ । उनीहरुले नयाँ कीर्तिमान पनि बनाउन सक्छन् । पिटरले भने कि कारुम्बी धेरै मिलनसार छे।
जब पिटरले बाख्राको नाम गिनिज बुकमा दर्ता गर्ने सल्लाह पाए, उनले यसलाई पशु चिकित्सक कहाँ लगेका थिए। कारुम्बीको उचाइ र स्वास्थ्य परीक्षण गरिएको थियो । जब यो पुष्टि भयो कि उनी पूर्ण रूपमा बढेको तर छोटो कदको छ, त्यसपछि गिनिज बुकका प्रतिनिधिहरूलाई सम्पर्क गरियो। र अन्तत, यस बाख्राको नाम ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा दर्ता भयो । सो दर्ता भए पछि बाख्रा हेर्न पिटरको घरमा भीड लाग्न थालेको छ ।
धेरैले यो बाख्रासँग सेल्फी लिन्छन् भने कोहीले भिडियो पनि बनाउँछन् र सामाजिक सञ्जालमा हाल्छन । बाख्राका मालिक पिटर भन्छन्, ‘अब हामी यसबाट बच्चा जन्मिने पर्खाइमा छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: