घोराही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएको छन।
नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताएको हो।
अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतका सहयोग आवश्यक रहेको बताए ।
सरकारसँगै बिमामा सूर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसस्थामा काम गर्नेले दुई प्रतिशत बिमा बोर्डमा जम्मा गर्न सक्ने अवस्था भए अहिले बिमा क्षेत्रमा देखिएको समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने बताएको हो।
सरकारले बिमाका लागि छुट्याउने रकमको खर्च बढेको र अहिलेको अवस्थामा खर्चले धान्न नसक्ने अवस्था भएकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई अघि सारेको भन्दै मन्त्री पौडेलले भन्नुभयो,‘यसरी अघि बढ्दा बिमा नागरिकको पनि दायित्व बढ्ने र भुक्तानीमा देखिएको समस्या हट्नेछ।’ मन्त्री पौडेलले अहिले सरकारले बिमाका लागि वार्षिक सात अर्ब छुट्याउने तर खर्च महिनामै दुई अर्ब बढी आउने अवस्था रहेको बताए।
बिमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आउने गरेको भन्दै त्यसमा सुधारको आवश्यकता रहेको बताउनुभयो। मन्त्री पौडेलले भने,‘स्वास्थ्य बिमाका क्षेत्रमा केही विकृति भएको र उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो आउने गरेको छ। त्यस्तो भएको पाइए कारवाही हुन्छ।’ मन्त्री पौडेलले स्वास्थ्य बिमालाई बढाएर पाँच लाख रुपियाँ पुर्याउने गरि काम भइरहेको भन्दै यसमा नागरिकको पनि सहभागिता हुने बताए।
मन्त्री पौडेलले नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भएको बताएको थिए। जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्न नहुने भन्दै जनतालाई परिवर्तनको महसुस गराउन स्वास्थ्यलाई सहज, गुणस्तरीय र निःशुल्क रुपमा पुर्याउन ध्यान दिनुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: