तम्घास । गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहीन अवस्थामा यसै थन्किएर बसेका छन् । लामो समयदेखि गाडी प्रयोगविहीन भएर रहँदासमेत त्यसको व्यवस्थापनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।
जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी यसै थन्किएर बसेका छन् । दैनिक ती गाडीले कार्यालय प्रमुख र कर्मचारी देख्छ भने कार्यालय प्रमुख र कर्मचारीले भने ती गाडी नदेखेजस्तो गर्ने गरेको पाइएको हो ।
ती चार वटा गाडीमध्ये दुई वटा गाडीको कार्यालयमा अभिलेख पाइन्छ भने दुई गाडी यसै बेवारिसे छन् । बेवारिसे दुई गाडी कुन कार्यालय र कसको हो भन्ने नै पत्तो छैन ।
चार वटा ल्यान्डरोभर कम्पनीका गाडीमध्ये बा १ झ ६६८० र ६६८१ नम्वरका गाडी मात्रै कार्यालयको अभिलेखमा रहेको सूचना अधिकारी सृजना मिश्राले जानकारी दिनुभयो । अन्य दुई गाडी कार्यालयको परिसरमा भए पनि अभिलेख नभएको उहाँको भनाइ छ । उहाँका अनुसार अभिलेखमा रहेका दुई गाडीको पनि लामो समयदेखि नवीकरण भएको पाइदैन् । बेवारिसे दुई गाडीमध्ये एउटा गाडीको नम्बर प्लेटनै छैन भने अर्कोको राम्रोसँग बुझ्न सकिदैन् । प्रयोगविहीन गाडीहरुको व्यवस्थापन गर्नका लागि कार्यालयले हालसम्म कुनै चासो नै देखाएको पाइदैन् ।
बिरामी बोक्ने एम्बुलेन्स वर्षौदेखि आफैँ बिरामी
यसैगरी, बिरामी बोक्ने गुल्मी अस्पतालका दुई वटा एम्बुलेन्स वर्षौदेखि आफैँ बिरामी भएर थलिएका छन् । लु १ झ २७९ नम्बर र लु १ झ २३५ नम्बरको एम्बुलेन्स एउटा कुनामा रहेको गुल्मी अस्पतालका सूचना अधिकारी रमेशप्रसाद पन्थीले जानकारी दिनुभयो । लिलाम बिक्री गर्नका लागि राजस्व छुट र अनुदानमा आएका एम्बुलेन्सका लागि धेरै झन्झटिलो हुने गरेकाले समस्या भएको उहाँको भनाइ छ । यस्तै जिल्लामा रहेका ५६ वटा एम्वुलेन्स मध्ये १८ वटा एम्वुलेन्स बिग्रिएर बसेका छन् ।
दूरसञ्चारमा डोजरको भग्नावशेष
त्यस्तै, जिल्ला दूरसञ्चार कार्यालयको भवन अगाडि एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दूरसञ्चार कार्यालय स्थापना कालदेखि नै उक्त डोजर उही अवस्थामा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । उक्त डोजर आफूहरुलाई निल्नु न उकेल्नु भएको कार्यालयले जनाएको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रयोगविहीन अवस्थामा रहेका गाडीको व्यवस्थापनका लागि पहल भइरहेको दाबी गरे। लामो समयदेखि उक्त गाडीहरु नवीकरण नभएकाले लिलाम बिक्रीमा समस्या रहेको उनको भनाइ छ ।
गौतमका अनुसार पहिले सवारी नवीकरण नगरी लिलाम बिक्री पनि गर्न नसकिने भएकाले सम्बन्धित कार्यालयमा बजेट पनि नभएकाले समस्या रहेको छ । यसका साथै विभिन्न प्राविधिक समस्याहरु पनि रहेकाले समस्या समाधान गर्नका लागि आफूले पहल गर्दै आएको उनको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: