Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

जिल्ला समन्वय समिति गुल्मीमा करोडौँको सरकारी गाडी प्रयोगविहीन

बिरामी बोक्ने एम्बुलेन्स वर्षौदेखि आफैँ बिरामी

खबरडबली संवाददाता

तम्घास । गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहीन अवस्थामा यसै थन्किएर बसेका छन् । लामो समयदेखि गाडी प्रयोगविहीन भएर रहँदासमेत त्यसको व्यवस्थापनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।

जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी यसै थन्किएर बसेका छन् । दैनिक ती गाडीले कार्यालय प्रमुख र कर्मचारी देख्छ भने कार्यालय प्रमुख र कर्मचारीले भने ती गाडी नदेखेजस्तो गर्ने गरेको पाइएको हो । 

ती चार वटा गाडीमध्ये दुई वटा गाडीको कार्यालयमा अभिलेख पाइन्छ भने दुई गाडी यसै बेवारिसे छन् । बेवारिसे दुई गाडी कुन कार्यालय र कसको हो भन्ने नै पत्तो छैन ।

चार वटा ल्यान्डरोभर कम्पनीका गाडीमध्ये बा १ झ ६६८० र ६६८१ नम्वरका गाडी मात्रै कार्यालयको अभिलेखमा रहेको सूचना अधिकारी सृजना मिश्राले जानकारी दिनुभयो । अन्य दुई गाडी कार्यालयको परिसरमा भए पनि अभिलेख नभएको उहाँको भनाइ छ । उहाँका अनुसार अभिलेखमा रहेका दुई गाडीको पनि लामो समयदेखि नवीकरण भएको पाइदैन् । बेवारिसे  दुई  गाडीमध्ये एउटा गाडीको नम्बर प्लेटनै छैन भने अर्कोको राम्रोसँग बुझ्न सकिदैन् । प्रयोगविहीन गाडीहरुको व्यवस्थापन गर्नका लागि कार्यालयले हालसम्म कुनै चासो नै देखाएको पाइदैन् ।

बिरामी बोक्ने एम्बुलेन्स वर्षौदेखि आफैँ बिरामी
यसैगरी, बिरामी बोक्ने गुल्मी अस्पतालका दुई वटा एम्बुलेन्स वर्षौदेखि आफैँ बिरामी भएर थलिएका छन् । लु १ झ २७९ नम्बर र लु १ झ २३५ नम्बरको एम्बुलेन्स एउटा कुनामा रहेको गुल्मी अस्पतालका सूचना अधिकारी रमेशप्रसाद पन्थीले जानकारी दिनुभयो । लिलाम बिक्री गर्नका लागि राजस्व छुट र अनुदानमा आएका एम्बुलेन्सका लागि धेरै झन्झटिलो हुने गरेकाले समस्या भएको उहाँको भनाइ छ । यस्तै जिल्लामा रहेका ५६ वटा एम्वुलेन्स मध्ये १८ वटा एम्वुलेन्स बिग्रिएर बसेका छन् ।

दूरसञ्चारमा डोजरको भग्नावशेष  
त्यस्तै, जिल्ला दूरसञ्चार कार्यालयको भवन अगाडि एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दूरसञ्चार कार्यालय स्थापना कालदेखि नै उक्त डोजर उही अवस्थामा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । उक्त डोजर आफूहरुलाई निल्नु न उकेल्नु भएको कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रयोगविहीन अवस्थामा रहेका गाडीको व्यवस्थापनका लागि पहल भइरहेको दाबी गरे। लामो समयदेखि उक्त गाडीहरु नवीकरण नभएकाले लिलाम बिक्रीमा समस्या रहेको उनको भनाइ छ ।

गौतमका अनुसार पहिले सवारी नवीकरण नगरी लिलाम बिक्री पनि गर्न नसकिने भएकाले सम्बन्धित कार्यालयमा बजेट पनि नभएकाले समस्या रहेको छ । यसका साथै विभिन्न प्राविधिक समस्याहरु पनि रहेकाले समस्या समाधान गर्नका लागि आफूले पहल गर्दै आएको उनको दाबी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending