गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा सम्मेलन सम्पन्न गरेसंगै तेस्रो जिल्ला सम्मेलनको तयारीमा लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिए।
सभापति पन्थीका अनुसार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको १८ औं बैठकले यही चैत २६ र २७ मा तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय भएको हो ।
नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसर पारेर चैत २६ गते तेस्रो जिल्ला सम्मेलनको खुला सत्र तम्घासस्थित चिदिचौरमा गरिने भएको छ । त्यसैगरी सम्मेलनको बन्द सत्र २७ गते एभरग्रीन पार्टी प्यालेस र इन्द्रेणी पार्टी प्यालेसमा गरिने उनले बताए।
सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन टोल–टोलबाट कांग्रेसमा आस्थावान आम नेता कार्यकार्तालाई तम्घासमा उतार्ने गरी लागिएको छ । उद्घाटन ९खुला० सत्र र बन्द सत्र गरी दुई चरणमा हुने सम्मेलनका लागि पालिकागत योजना बनाएर सबैलाई तम्घासमा ल्याउन लागिएको कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले बताउनुभयो ।
सम्मेलनका लागि पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेशका पदाधिकारीसहितका नेता गुल्मी आउने बताइएको छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सम्मेलन पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ ।
सम्मेलनको बन्दसत्रमा जिल्लाभरका एक हजार ७४६ क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाउनुका साथै सम्मेलनले गुल्मी कांग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: