Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह

खबरडबली संवाददाता

बिरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन ।

नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखेका हुन ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको दावी गरे ।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणीसमेत गरेका छन् ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे । त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आफ्ना समस्या र सुझाव राखेका थिए।

त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

त्यसअघि आज बिहान अध्यक्ष प्रचण्डले वीरगञ्जका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका थिए । 

सो अवसरमा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै वीरगञ्जका समस्या र आवश्यकताबारे जानकारीसमेत गराएका थिए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending