काठमाडौं। नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत ललितपुरको चाकुपातस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम समपन्न भएको छ।
हिउ पग्लिएर कति पानी बग्दछ, तापक्रम बढ्दा हिमतालको सतह कति बढ्छ र हिम नदी कति पछाडि हट्छ, भन्ने विषयहरूमा पूर्वानुमान लगाउन अति उपयोगी जाम्स जे२००० नामक सफ्टवेयर विश्वका धेरै देशहरूमा प्रयोग भइरहेका छन्।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ।
नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका सरकारी तथा गै.स.स.हरूले उक्त सप्ताहमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्।
यसै अन्तर्गत अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि)ले जल तथा मौसमविद् समाज-नेपाल (सोहम), एभरेष्ट इन्जिनियरिङ कलेज, द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा जल विज्ञान विधामा संलग्न नेपाली महिला प्राविधिकहरूलाई जाम्स जे२००० नामक सफ्टवेयर सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको हो।
उक्त सफ्टवेयर प्रयोग गरी हिउँ पग्लिएर बग्ने पानीको मात्राको अनुमान कसरी गर्ने, हिउँ पग्लिँदा तल्लो भेगमा बग्ने खोलाको बहावमा कस्तो असर पर्छ, र तापक्रममा वृद्धी भई धेरै हिउँ पग्लिँदा भविष्यमा सुख्खा याममा खोलाहरू कत्तिको सुक्छ भन्ने विषयमा दुधकोशी जलाधारको तथ्याङ्कको आधारमा तालिम दिइएको थियो।
दुई दिने तालिमबाट सरकारी, गै.स.स., निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी १५ जना महिला प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्।
कार्यक्रमको समापन सत्रमा अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि), जल तथा मौसमविद् समाज-नेपाल (सोहम), द स्मल अर्थ नेपाल तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्रतिनिधिहरूले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
आफुले आर्जन गरेको सीपबाट हिम जलविज्ञान सम्बन्धी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति प्रशिक्षार्थीहरूले दिएका थिए। कार्यक्रमका मूल स्रोत व्यक्ति इमिका प्रख्यात हिम जलविज्ञ श्री सौरम प्राधानाङ्गले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: