धनगढी । सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायमा आज खख्डेहरा पर्व मनाइँदै छ । होरीको महत्वपूर्ण एवम् विशेष दिनको रुपमा सो समुदायका मानिसले खख्डेहरा पर्व मनाइ रहेका हुन । यस पर्वमा बिहानै गाउँभन्दा पर सडकमा खख्डेहरा फुटाउने गरिन्छ । गाउँका पुरुष, महिलाले खख्डेहरा फुटाउने गर्दछन् ।
खख्डेहरा फुटाएसँगै आजबाट पुरुषको तर्फबाट होरी समापन हुने गरेको जनाइएको छ । होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ पूर्णिमाबाट सुरु भएको यो पर्व एक महिना आठ दिनसम्म मनाउने गरिन्छ । होरीको अन्तिम दिनलाई खख्डेहरा पर्वको रुपमा मनाउने गरेको धनगढी गाउँका पध्ना (भलमनसा)भज्जी रानाले बताए।
उनका अनुसार खख्डेहरा पर्वमा बिहानै पाँच बजेतिर खख्डेहरा फुटाइ सकेपछि पध्ना र चाकरको घरमा होरी खेल्ने, फगुइ माग्ने लगायतको चलन रहेको छ । साँझतिर खानपान गरेर एक वर्षका लागि होरीलाई बिदाइ गर्ने गरेको पध्ना रानाले बताए ।
खख्डेहरामा माटोको सात वटा गोली र खपरा लगेर सेलाउने गरिन्छ । सात गोलीलाई सात भवानीको रुपमा मान्ने गरेको पध्ना रानाको भनाइ छ । “राक्षसहरूलाई पराजित गरी भवानीहरूले रक्षा गरेकोले साँधैभरि यसरी नै साथ दिइरहनू भनेर पूजा गरिन्छ”, उनले भने,“त्यसपछि खख्डेहरा फुटाइन्छ ।” खख्डेहरामा खपरा फुटाउने गरेको बताइएको छ ।
रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा पनि दिएको छ । खख्डेहरा फुटाएर पुरुषले आफ्नो होरी समापन गर्ने गरे पनि महिलाले भने चैतको चराइँमामात्रै होरी समापन गर्ने गरेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: