Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिन्छ : पर्यटनमन्त्री पाण्डे

खबरडबली संवाददाता

सिद्धार्थनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएको छन । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गरे।

चिनिया  दुताबाससँगहको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवको शुक्रवार बिहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताउनुभयो  । उहाँले विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताए। उनले चिनियाँ दूतावासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनसँगै मित्रता भातृत्व र एकतालाई बलियो बनाउने बताए । मन्त्री पाण्डेयले भने नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिन सक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुन्छ, हालै पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्यान्ड, कम्बोडिया लगायतका देशसँग सहकार्यमा सम्झौता भएको छ ।

अब त्यसको कार्यान्वयनमा लाग्न आग्रह गरे। लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेयले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देव दह र रामग्रामलाई विश्वशान्ति सहर बनाउनुपर्नेमा जोड दिए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चिनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताए। सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो ।

शनिवार खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले बताए। शुक्रवार समितिले लुम्बिनी क्षेत्रका खेलकुदका सामाग्रीहरू समेत वितरण गर्ने छ । शुक्रवार नै लुम्बिनी विश्वविद्यालयमा सांस्कृतिक आदानप्रदान कार्यक्रम, साँझ लुम्बिनी स्क्वायरमा सांस्कृतिक कार्यक्रम राखिएको दूतावासले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending