कास्की । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ ।
स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई एकसय ४३ मतले पराजित गर्दै निर्वाचित भएको हो ।
भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले एकसय २ मत प्राप्त गरिन । तीनसय ४९ मतदाता रहेकोमा ३ सय ४७ मत खसेको थियो । अध्यक्षमा निर्वाचित भण्डारी बिएस्सी दोस्रो वर्षमा अध्ययनरत छन। सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित हुनुभयो ।
प्रत्यक्षतर्फ सदस्यमा दीपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाइ मगर निर्वाचित भएका छन् । समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७० मत र नेविसंघले ७५ मत प्राप्त गरेको छ । अनेरास्ववियुबाट समानुपातिकमा १० जना उम्मेदवार छन् । चुनाव जितेपछि क्याम्पसमा अनेरास्ववियुले राति विजय उत्सव मनाएको छ ।
वन क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी
पोखराको वन क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । मंगलबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा निर्वाचित भए। शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गरे ।
शर्माले २ सय ३० मत पाउँदा हुमागाईंले एकसय ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक डा। रामचन्द्र शर्माले जानकारी दिए । सचिवमा क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर निर्वाचित भए। सचिवमा नेविसंघका दिपेन्द्रप्रसाद रौनियारले एकसय ४८ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठले २ सय २४ मत ल्याउँदा नेविसंघकी जानकी गुर्धामीले एकसय ५४ मत पाउनुभयो । सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारीले २ सय ४७, सिद्धान्त खनालले २ सय ३२, अखिल (क्रान्तिकारी) की रिया श्रेष्ठले २ सय २५, प्रकट ढुंगाना र भिभोर शाहले समान २ सय ३० मत प्राप्त गरे।
अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य तथा क्रान्तिकारीले सचिव र ३ सदस्य लिने सहमति गरेर प्यानल बनाएको थियो । क्याम्पसमा ४ सय ५० मतदातामा ३ सय ८३ मत खसेको थियो । पोखराको इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ । पृथ्वीनारायण र जनप्रिय क्याम्पसमा चुनाव स्थगित भएको छ । संस्कृत क्याम्पसमा चैत १० गते निर्वाचन हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: