Khabar Dabali ३ मंसिर २०८२ मंगलवार | 18th November, 2025 Tue
Investment bank

तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन नपाइने

खबरडबली संवाददाता

काबुल। अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ । 

पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिबान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ। यसअघि महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइएको थियो भने अब नयाँ आदेशमा रेडियोबाट पनि महिलालाई हटाइएको छ । अब अफगानिस्तानको रेडियोमा महिलाको आवाज सुनिने छैन ।

अफगानिस्तान पत्रकार केन्द्रका अनुसार तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिवानको सूचना तथा संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । यस बाहेक तालिबानले धेरै निर्देशन दिएको छ, जसलाई रेडियो स्टेशनहरूले पालना गर्नुपर्नेछ।

निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।

यसबाहेक नयाँ अध्यादेशमा धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ। यसबाहेक रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीले पनि सूचना तथा संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।

अफगानिस्तान पत्रकार केन्द्रले यसकाे बिराेध गरेकाे छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद विघटनविरुद्ध कानुनी र सडक संघर्ष गर्ने ओलीको घोषणा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन्। मंगलबार विघटित एमाले ...

नेपाल विशेष सेवा ऐन संशोधनको अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने उद्देश्यले तयार गरेको अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रि...

कर्णालीमा पाँच वटा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले तुइन पूर्णरूपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मु...

कोलम्बियामा सैनिक कारबाहीका बिच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

बोगोटा। कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाको ज्यान ग...

दुर्गा प्रसाईंलाई अभिव्यक्ति दिएकै आधारमा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प...

चितवन राइनोजको विजयी सुरुवात, कर्णाली चार विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६...

हिमपात र शीत लहरबाट बच्न गृहमन्त्रालयले थाल्यो पूर्व तयारी

काठमाडौँ। सरकारले जाडो मौसमका लागि हिमालीरउच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीत लहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजना–२०८२ ...

नेकपा एमालेको संसदीय दलको बैठक: संसद् पुनर्स्थापना र निर्वाचनमा धारणा तय हुने

काठमाडौँ । नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार दिउँसो बसेको छ। बैठक तय समय दिउँसो १ बजेतर्फ बोलाइए पन...

विप्लव नेतृत्वको पार्टीले पायो दल दर्ता प्रमाणपत्र, चुनाव चिन्ह ‘गुलाब’

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई प...

अघिल्लो सरकारले तयार पारेको सहकारी छानबिन रिपोर्ट पुनर्विचार गर्न उपसभापति वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिको सहकारीसम्बन्धी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending