काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औंल्याएका छन्। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानद्वारा आयोजित ढुंगेलको आठौं स्मृति सभालाई सम्बोधन गर्दै महरले उक्त कुरा औंल्याएका हुन्।
नेताहरूको सात्त्विक जीवनशैली हुनुपर्ने र त्यसलाई जनताले पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ। 'सामान्य जीवनशैली बनाएर पार्टीको नेतृत्व लिन सक्ने, उम्मेदवार बन्न सक्ने र त्यस्ता उम्मेदवारलाई जनताले जिताउन सक्ने वर्तमान अवस्था समीक्षाको पाटो हो। र, पनि ढुंगेल जस्तै निष्ठा बोकेको नेताको मुलुकमा खाँचो छ,' उनले भने।
त्याग, आदर्श र निष्ठाभावका साथ गरिएको राजनीतिले पुर्याएको योगदानको चर्चा चिरस्मरणीय रहने उनले बताए। 'आज राजनीतिमा त्याग आदर्श र निष्ठाभावको अभाव छ। त्यसैले राजनीतिप्रति हरेक तर्फबाट राम्रो सोच छैन। राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ। त्यो चिर्न आवश्यक छ,' महरले भने।
परिवर्तनशील समयसँग हिजोको जस्तै राजनीति खोज्न सम्भव नभए पनि त्यसका भित्री सिद्धान्त मर्न नदिनेतर्फ भने सदैव सचेत रहनु पर्ने महरले औंल्याएका छन्। 'समाजभित्र संस्कृति जोगाउनुपर्छ। इतिहासको रक्षा गर्नुपर्छ। हामीले बाटो बिराउनु हुँदैन। इतिहासको असल बाटो मेट्नु हुँदैन, त्यसको दायरा फराकिलो पार्दै अगाडि बढ्नुपर्छ। त्यसैले निष्ठा र आदर्श बोकेको राजनीतिको बाटोलाई सबैले फराकिलो पार्दै जानुपर्छ,' उनले भने।
दुर्गम गाउँदेखि सुगम सहरका जनतासम्मका भावना बुझ्न सक्ने नेतृत्व नै सक्षम साबित हुने उनको धारणा छ। आफूले सोही अनुरूपको राजनीतिक बाटो अंगिकार गरेकाले अधिकांश समय जनताको पहुँच र घरदैलो मै रहने गरेको महरले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: