Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

सेती लोकमार्गको काम छिटो सुरु गर्न प्रेम आलेको सरकारलाई ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सेती लोकमार्गको निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदाहुँदै पनि वन मन्त्रालयले कानूनी अड्चन देखाएर काम अवरुद्ध बनाएको बताए ।

सेती लोकमार्ग कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने ३२० किलोमिटर लामो सडक भएको र यस सडकले सुदूरपश्चिमका जनताका लागि विकासको कोशेढुङ्गा सावित हुने सांसद आलेको दाबी छ ।

डोटी खण्डको ४० किलोमिटर सडकका लागि २०७९ मंसिर १९ गते रु ६५ करोडको ठेक्का सम्झौता भए पनि दुई वर्ष बितिसक्दा समेत वन मन्त्रालयको अनुमति नआउँदा सडक निर्माण कार्य अघि बढ्न सकेको र ठेकेदारले स्काइभेटर मेसिनसहित तयारी अवस्थामा राखे पनि काम सुचारु हुन नसकेको सांसद आलेले बताए ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले सेती लोकमार्गको डोटी खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको थियो । सोही अनुसार वन डिभिजनले ८० हेक्टर वन क्षेत्र प्रयोग गर्न २,७८५ वटा रुख हटाउने संख्यासहित प्रक्रिया अघि बढाए पनि रु ४० करोड बजेट अभावका कारण कार्य रोकिएको बताइन्छ । त्यस्तै, गत मंसिर ६ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भौतिक मन्त्रालयको योजनाहरु सहज बनाउने निर्णय गरे पनि वन मन्त्रालयले सेती लोकमार्गको हकमा कार्यान्वयन नगरेको सांसद आलेले आरोप लगाए ।

सांसद आलेले वन मन्त्रालयले विकास विरोधी रवैया अपनाउँदै कानूनी बहानाबाजी गरेको बताए । नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग र सडक विभागले तमोर करिडोरका लागि अनुमति पाए पनि सेती लोकमार्गलाई रोक्नु अन्यायपूर्ण भएको उनको भनाइ छ ।

“एकै मन्त्रालयका फरक योजनाहरूमा विभेद किन गरिएको ? सुदूरपश्चिमका जनतामाथि अन्याय किन ?” सांसद आलेले प्रश्न गरे । उनले वन मन्त्रालयको अटेरी प्रवृत्तिले देशको विकास अवरुद्ध गरिरहेको बताउँदै तत्काल निर्णय नगरे यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

सांसद आलेले आफुले वन मन्त्रालय सम्हालेको वेला पहिलेदेखि थन्काएर राखेका विकास र उद्योगसँग सम्बन्धित दर्जनौँ फायल झिकाएर तत्काल निर्णय गरेर त्यो समयमा समस्याको निकास दिएर विकासको गतिमा योगदान गरेको जानकारी गराएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । मङ्लबार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ स...

कर्मचारी ट्रेड युनियनको १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको ...

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्...

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो, अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्। ने...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी प्रस्थान

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गरेको छन् । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद ब...

एमाले कसैले सिद्धाउँछु भन्दैमा सिद्धिँदैन, हामिले जनताको विश्वास जितेका छौँ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति जनताको विश्वास कायम रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीक...

धनुषामा विष सेवन गरेकी आमाको अवस्था गम्भीर, तीन छोराछोरीको मृत्यु

ढल्केबर । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरी...

बाँसको पुल तर्न २० रुपियाँ शुल्क

लहान। सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ। मधेशको जीवनरेख...

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै

मन्ट्रियल। लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ...

नवराज सुवेदी माथीको ‘नजरबन्द’ हट्यो

काठमाडौँ । चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending