गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताएको छन। सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएको हो।
सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न नसक्दा शिक्षक आन्दोलित भएको नेता भण्डारीले आरोप लगाए। नागरिकको नजिकको साथी र समाजलाई सकारात्मक दिशामा हिँड्न सिकाउने शिक्षकको मागलाई तत्काल सम्बोधन गर्नु जरुरी रहेको उनको भनाइ छ।
शिक्षककै असल शिक्षण सिकाइका कारण आफूहरु नेता बनेको भुल्न नहुने नेतृत्वले बुझ्न जरुरी रहेको भन्दै उनले अहिले राजनीतिक दलसँगै सरकारमा रहेका नेतृत्व र नेताका कारण अहिले शिक्षक सदरमुकाम र राजधानीका सडकमा आन्दोलन गर्न बाध्य भएको बताए।
अहिले शिक्षक आफ्नो मागलाई सरकारले तत्काल सम्बोधन गर्न दबाब दिन आन्दोलनका लागि सडकमा र नेताको कार्यालयमा पुग्ने गरेको उनले बताए। सरकारले भाषण र गफ दिने होइन तुरुन्त शिक्षकका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै आफू सधै शिक्षक र देशको शिक्षा सुधारको पक्षमा निरन्तर लागेको बताए।
शिक्षकका कारणले गर्दा देश राम्रो भएको छ। देशका सरकारी विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएको भन्दै सरकारले विद्यालयमा भएका हरेक समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। नेता भण्डारीले नेतृत्व कुनै पनि व्यक्ति स्वार्थमा लाग्न नहुने बताए। दलका हरेक नेतृत्वले नागरिक भावनालाई बुझ्न जरुरी रहेको भन्दै उनले नेतृत्वको व्यक्तिगत स्वार्थको अन्त्यका लागि आफूहरु निरन्तर लागेको बताए।
देश र जनताका पक्षमा सबैले काम गर्नुपर्ने भन्दै उहाँले हरेक नागरिकलाई समान दृष्टिकोणले हेर्नुपर्ने धारणा राखे। प्राकृतिक स्रोत र साधनसँग आम नेपाली नागरिक जोड्न सकिएमा सजिलै देशमा गरिबीको अन्त्य हुने भन्दै विदेशीयका नेपाली नागरिकलाई स्वदेश फर्काउन तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: