गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताएको छन। सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएको हो।
सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न नसक्दा शिक्षक आन्दोलित भएको नेता भण्डारीले आरोप लगाए। नागरिकको नजिकको साथी र समाजलाई सकारात्मक दिशामा हिँड्न सिकाउने शिक्षकको मागलाई तत्काल सम्बोधन गर्नु जरुरी रहेको उनको भनाइ छ।
शिक्षककै असल शिक्षण सिकाइका कारण आफूहरु नेता बनेको भुल्न नहुने नेतृत्वले बुझ्न जरुरी रहेको भन्दै उनले अहिले राजनीतिक दलसँगै सरकारमा रहेका नेतृत्व र नेताका कारण अहिले शिक्षक सदरमुकाम र राजधानीका सडकमा आन्दोलन गर्न बाध्य भएको बताए।
अहिले शिक्षक आफ्नो मागलाई सरकारले तत्काल सम्बोधन गर्न दबाब दिन आन्दोलनका लागि सडकमा र नेताको कार्यालयमा पुग्ने गरेको उनले बताए। सरकारले भाषण र गफ दिने होइन तुरुन्त शिक्षकका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै आफू सधै शिक्षक र देशको शिक्षा सुधारको पक्षमा निरन्तर लागेको बताए।
शिक्षकका कारणले गर्दा देश राम्रो भएको छ। देशका सरकारी विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएको भन्दै सरकारले विद्यालयमा भएका हरेक समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। नेता भण्डारीले नेतृत्व कुनै पनि व्यक्ति स्वार्थमा लाग्न नहुने बताए। दलका हरेक नेतृत्वले नागरिक भावनालाई बुझ्न जरुरी रहेको भन्दै उनले नेतृत्वको व्यक्तिगत स्वार्थको अन्त्यका लागि आफूहरु निरन्तर लागेको बताए।
देश र जनताका पक्षमा सबैले काम गर्नुपर्ने भन्दै उहाँले हरेक नागरिकलाई समान दृष्टिकोणले हेर्नुपर्ने धारणा राखे। प्राकृतिक स्रोत र साधनसँग आम नेपाली नागरिक जोड्न सकिएमा सजिलै देशमा गरिबीको अन्त्य हुने भन्दै विदेशीयका नेपाली नागरिकलाई स्वदेश फर्काउन तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: