रुकुमपश्चिम । रुकुमपश्चिममा माध्यमिक तह परीक्षा (एसइई) दिने विद्यार्थी संख्या कम भएपछि परीक्षा केन्द्र घटाइएको छ । यस वर्ष जिल्लाका विभिन्न आठ विद्यालयमा हुने आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
एसइईमा यसभन्दा पहिलेको वर्षमा जिल्लाभरमा २३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि भने १५ वटा परीक्षा केन्द्रहरु कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनका अनुसार परीक्षा केन्द्रहरुमा विद्यार्थीको संख्या कम भएकाले जिल्लाभरबाट आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
मुसीकोट र चौरजहारी नगरपालिकाबाट दुई/दुई वटा र आठबिसकोट नगरपालिका, त्रिवेणी, सानीभेरी, बाँफीकोट गाउँपालिकाबाट एक/एक वटा विद्यालयका परीक्षा केद्र हटाएको हो ।
इकाई प्रमुख पुनले मुसीकोट नगरपालिकास्थित बाल कल्याण मावि झुल्खेत र महेन्द्र मावि छिवाङ, चौरजहारी नगरपालिकास्थित मावि कोटजहारी र भ्याली पब्लिक सेकेन्डरी बोर्डिङ स्कुल र आठबिसकोट नगरपालिकास्थित नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्र हटाईएको बताए ।
त्यसैगरी त्रिवेणी गाउँपालिकामा रहेको हिमालय जनता मावि नुवाकोटडाँडा, सानीभेरी गाउँपालिकामा रहेको बालज्योति मावि गिठाकोट र बाँफीकोट गाउँपालिकामा रहेको जनकल्याण मावि पिपलमा रहेको परीक्षा केन्द्र हटाएको छ । यस वर्षदेखि एसइइको परीक्षा केन्द्रहरु पालिका स्तरिय बनाएको र एउटा परीक्षा केन्द्रमा २५० जना परीक्षार्थी हुनुपर्नेमा विद्यार्थीको संख्या कम भएकाले परीक्षा केन्द्र हटाएको इकाई प्रमुख पुनले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक कार्यालयलले कक्षा १० को परीक्षा सञ्चालन सम्बन्धी २०८१ साल माघ २ गतेको परिपत्र अनुसार प्रति परीक्षा केन्द्रमा २५० जना विद्यार्थी संख्यामा हुनुपर्ने निर्णय अनुसार निर्णय कार्यान्वयनमा ल्याइएको बताइएको छ । देशैभरबाट आगामी चैत ७ गतेबाट एसइइ सञ्चालन हुँदैछ । रुकुमपश्चिमका साधारण तथा खुल्ला गरेर तीन हजार ६६८ विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।
बाँफिकोट गाउँपालिका –२ का वडा अध्यक्ष प्रकाश खत्रीले वडा तथा पालिकास्तरिय शिक्षा समितिलाई जानकारी नदिएर सुटुक्क परीक्षा केन्द्र हटाईएकोमा आक्रोश व्यक्त गरे।
माथिल्लो निकायको निर्देशनको बहानामा पहाडि क्षेत्रको भौगोलिक विकटता, परीक्षाको समयमा विद्यार्थीहरुले डेरा खोज्नुपर्ने बाध्यता लगायतलाई ख्याल नगर्नुले विद्यार्थीहरुलाई तनाव सिर्जना भएको उनको भनाइ छ । उनले यस विषयमा पुनर्विचार गर्न समेत अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: