रुकुमपश्चिम । रुकुमपश्चिममा माध्यमिक तह परीक्षा (एसइई) दिने विद्यार्थी संख्या कम भएपछि परीक्षा केन्द्र घटाइएको छ । यस वर्ष जिल्लाका विभिन्न आठ विद्यालयमा हुने आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
एसइईमा यसभन्दा पहिलेको वर्षमा जिल्लाभरमा २३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि भने १५ वटा परीक्षा केन्द्रहरु कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनका अनुसार परीक्षा केन्द्रहरुमा विद्यार्थीको संख्या कम भएकाले जिल्लाभरबाट आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
मुसीकोट र चौरजहारी नगरपालिकाबाट दुई/दुई वटा र आठबिसकोट नगरपालिका, त्रिवेणी, सानीभेरी, बाँफीकोट गाउँपालिकाबाट एक/एक वटा विद्यालयका परीक्षा केद्र हटाएको हो ।
इकाई प्रमुख पुनले मुसीकोट नगरपालिकास्थित बाल कल्याण मावि झुल्खेत र महेन्द्र मावि छिवाङ, चौरजहारी नगरपालिकास्थित मावि कोटजहारी र भ्याली पब्लिक सेकेन्डरी बोर्डिङ स्कुल र आठबिसकोट नगरपालिकास्थित नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्र हटाईएको बताए ।
त्यसैगरी त्रिवेणी गाउँपालिकामा रहेको हिमालय जनता मावि नुवाकोटडाँडा, सानीभेरी गाउँपालिकामा रहेको बालज्योति मावि गिठाकोट र बाँफीकोट गाउँपालिकामा रहेको जनकल्याण मावि पिपलमा रहेको परीक्षा केन्द्र हटाएको छ । यस वर्षदेखि एसइइको परीक्षा केन्द्रहरु पालिका स्तरिय बनाएको र एउटा परीक्षा केन्द्रमा २५० जना परीक्षार्थी हुनुपर्नेमा विद्यार्थीको संख्या कम भएकाले परीक्षा केन्द्र हटाएको इकाई प्रमुख पुनले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक कार्यालयलले कक्षा १० को परीक्षा सञ्चालन सम्बन्धी २०८१ साल माघ २ गतेको परिपत्र अनुसार प्रति परीक्षा केन्द्रमा २५० जना विद्यार्थी संख्यामा हुनुपर्ने निर्णय अनुसार निर्णय कार्यान्वयनमा ल्याइएको बताइएको छ । देशैभरबाट आगामी चैत ७ गतेबाट एसइइ सञ्चालन हुँदैछ । रुकुमपश्चिमका साधारण तथा खुल्ला गरेर तीन हजार ६६८ विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।
बाँफिकोट गाउँपालिका –२ का वडा अध्यक्ष प्रकाश खत्रीले वडा तथा पालिकास्तरिय शिक्षा समितिलाई जानकारी नदिएर सुटुक्क परीक्षा केन्द्र हटाईएकोमा आक्रोश व्यक्त गरे।
माथिल्लो निकायको निर्देशनको बहानामा पहाडि क्षेत्रको भौगोलिक विकटता, परीक्षाको समयमा विद्यार्थीहरुले डेरा खोज्नुपर्ने बाध्यता लगायतलाई ख्याल नगर्नुले विद्यार्थीहरुलाई तनाव सिर्जना भएको उनको भनाइ छ । उनले यस विषयमा पुनर्विचार गर्न समेत अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: