चौतारा । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालय श्रीकृष्ण रत्नगंगा माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थित प्यानलले विजयी भएको छ।
शनिबार भएको निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीको समर्थन प्राप्त प्यानलबाट माओवादीका राजन बुढाथोकीले ३ सय ९६ मत प्राप्त गरी सबै भन्दाबढी मत त्याए ।
त्यस्तै सोही प्यानलबाट निर्मला श्रेष्ठले ३ सय ८२ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र इश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत ल्याए ।
१ हजार ३ सय ८९ अभिभावकहरुले मतदाता रहेको निर्वाचनमा ८ सय ६४ मत खतेको थियो । निर्वाचनमा ४ सदस्यको लागि १० जनाको प्रतिष्पर्धा भएको थियो । निर्वाचनमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका लजिता श्रेष्ठले ३ सय ३९ मत ल्याएकी थिईन भने सोही प्यानलबाट बिन्दा पुरीले ३ सय २४ मत ल्याईन् ।
त्यस्तै निमेश श्रेष्ठले ३ सय २२ मत ल्याउँदा निमा लामाले २ सय ७७ मात्रै मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६० मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेद्वार रविन श्रेष्ठले ५४ मत ल्याए ।
विव्यस छनोटमा पार्टी निकटका उम्मेदवारलाई जिताउनका लागि प्रमुख राजनीतिक दलहरुले विज्ञप्ति निकालेर सबै मतदाताहरुलाई अनुरोध समेत गरेका थिए । केन्द्रीय सत्तामा एमाले र कांग्रेसबीच गठबन्धन भएपछि सिन्धुपाल्चोकमामा पनि सबै क्षेत्रमा कांग्रेस र एमालेबीच सहकार्य हुँदै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: