Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

संविधान निर्माण : माओवादी द्वन्दको समाप्ति

\"kishowar_nepal_khabardabali\"अहिले भीम मल्लको सम्झनामा आँसु बहाइरहेका छन् । भीम मल्लको समय र अहिलेको समयको तुलना हिन्दी सिनेमाको खलनायक गब्बर सिंहले गाएकोे प्रेमगीतसँग मात्र गर्न सकिन्छ ।
‘उपलव्धि त हो । तैपनि, मन त्यति छर्लङ्ग हुन सकेको छैन,’ विहान संक्षिप्त कुराकानीको क्रममा डा. पिताम्वर शर्माले बताउनु भयो । उहाँसँग विमति जनाउने ठाउँ नै थिएन । त्यसको केही बेरपछि डा. देवेन्द्रराज पाण्डेको स्वादिलो ट्विट पढियो, ‘इतिहास त्रूmर हुन्छ भन्थे । जोकर पनि हुँदो रै’छ । गणतन्त्र, संघीयता, समावेसिता भन्यो भनेर हामीलाई माओवादी भन्नेहरु अहिले ‘प्रचण्डपथ’मा रमाउँदै ।’ त्यसपछि कान्तिपुरमा प्रकाशित कृष्ण खनालको लेखले झस्कायो । हो त, आज जारी हुने संविधानमा रगतको टाटो लागेको छ । यो कुुरा मैले पनि पटक÷पटक लेखेको छु । यी तीन विद्वानका विचार संविधानको संश्लेषण र विश्लेषणका लागि यथेष्ट छन् । यी तीनथरि विचारले अहिलेको संविधानको मर्म खोतलेका छन् । सामान्य नेपाली जनता, सबैका लागि, संविधानको ढोका फराकिलो छैन । तैपनि, एक हदसम्म यसले गणतन्त्र, संघीयता र समाबेसी लोकतन्त्रलाई नेपाली भूमिसँग जोडेको छ । र, सीमाङ्कनका प्रश्नले संविधानलाई रक्तरञ्जित बनाएको छ । संविधान जारी हुन लागेको यो क्षणमा एउटा कुरा पृष्ठभूमिमा पार्न खोजिएको छ । संविधानसभाबाट संविधान निर्माणको लक्ष्यसाथ माओवादीले सुरु गरेको हिंसात्मक विद्रोह अब इतिहासको खातामा गएको छ । वृहत् शान्तिसम्झौताका माध्यमद्वारा विद्रोही माओवादीको शान्तिपूर्ण राजनीतिमा अवतरणको एक दसक बित्न थोरै दिन मात्र बाँकी रहेको यो समयमा गणतन्त्र नेपालको संविधान जारी हुनु र त्यो संविधानको निर्माणमा विद्रोहका सर्वोच्च कमाण्डर प्रचण्डको सक्रिय सहभागिता रहनु अहिलेको संविधानको महत्वपूर्ण पक्ष रह्यो । संविधानको निर्माणसँगै हिंसा बिसाएको एक दशकपछिसम्म कुलीनतन्त्रका प्रतिनिधिहरुद्वारा पन्ध्रहजार मानिसका हत्यारा भनेर आरोपित प्रचण्डले त्यो आरोपलाई बिसाएका छन् । बहुमतका आधारमा संविधान जारी गर्ने प्रक्रियामा लागेका कांग्रेस र एमाले नेतृत्वसँग प्रचण्डले सहकार्र्य नगरेको भए संविधान प्राविधिकरुपले पनि खण्डित हुन सक्दथ्यो । अहिले प्रविधि र संख्या दुवै दृष्टिले संविधान अपूर्ण छैन । तर पनि डा. पिताम्वर शर्माले भनेजस्तै संविधानका पक्षमा मन छर्लङ्ग खुल्न सकेको छैन । शनिवारको पत्रकार सम्मेलनमा प्रचण्डले भनेजस्तै संविधान जारी भइसकेपछि मधेस आन्दोलनको आवश्यकता छैन । होला यो कुुरा– तर, मधेसको असन्तोषको सम्बोधन अहिले नै गर्न किन हच्किएका छन् नेताहरु ? यसको उत्तर प्रचण्डबाट पनि आएको छैन । देशमा द्वन्दहरु सकिएका छैनन् । क्षेत्रीय द्वन्दका रुपमा मधेस देखिन थालेको छ । तर, अहिलेसम्मकै सर्वाधिक प्रभावशाली, पीडादायक र परिवर्तनमुखी माओवादी द्वन्दले आफनो चक्र पूरा गरेको छ । यो माओवादी द्वन्दको शान्तिपूर्ण व्यवस्थापनको खोजीमा लागेका सवै मिडियाकर्मी र अभियानकर्ताको लागि खुशीको कुरा हो । प्रचण्ड नेतृत्वको पार्टी पहिलोपल्ट साम्यवादी सिद्धान्तको आडमा विपरीत उद्देश्य बोकेका गुट र समूहको प्रभावबाट मुक्त हुन थालेको छ । प्रचण्डले एक्लै सोचेर निर्णय गरे भने उनको निर्णय विवेकपूर्ण हुन्छ भन्ने पनि अहिलेको संविधान निर्माणले साबित गरेको छ । महेन्द्रकालदेखि नै उनको हितमा कांग्रेसविरोधी राजनीतिको झण्डा बोकेर हिंडेका वामपन्थी नेता संविधान निर्माणको क्रममा उदाङ्गिएका छन् र अहिले भीम मल्लको सम्झनामा आँसु बहाइरहेका छन् । भीम मल्लको समय र अहिलेको समयको तुलना हिन्दी सिनेमाको खलनायक गब्बर सिंहले गाएकोे प्रेमगीतसँग मात्र गर्न सकिन्छ । कटवाल–काण्डदेखि एकपछि अर्को दवाबमा निर्णय लिँदैआएका प्रचण्ड यतिखेर तनावमुक्त देखिएका छन् । उनी जुन तहमा छन् त्यो तहको नेतामा हुुनुपर्ने आत्मविश्वास उनी प्राप्त गर्दैछन् । मधेसको विषयमा निर्णय लिनुपर्ने चुनौति अहिलेका तीनै नेताले लिन सकेनन् । अब संविधान जारी भइसकेपछिको अवस्थामा यसको प्रतिरक्षाकोे दायित्व यी तीनै नेताको हो । प्रचण्डले आन्दोलन बुझेका छन् र मधेस पनि बुझेका छन् । मधेसको घाइते हृदयप्रति उनी संवेदनशील भए भने यो समस्या टुंगिन सक्दछ । संविधानमा प्राविधिकरुपले समेटिएको मधेसलाई भावनात्मकरुपले समेट्न उनको पहल र योगदान आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies