हेटौँडा। हावाहुरीका कारण मकवानपुरको थाहा नगरपालिकाको विभिन्न वडाहरुमा ठुलो परिणाममा क्षति पुगेको छ । थाहाको वडा नं. ३, ४, ५ र ८ लगायतका वडाहरुमा गएराति असिनापानीसहित आएको हावाहुरीले झण्डै डेढ दर्जन घरमा क्षति पुर्याएको हो ।
पाँच वटा कच्ची घरको छाना उडाई भत्केको र ११ वटा कच्ची घरको छाना उडाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार थाहा ४ धारापानी र थाहा ३ डाँडागाउँ र देउरालीमा आठ वटा घर र थाहा ५ नलिबनमा आठ वटा घरमा हावाहुरीबाट क्षति पुगेको हो ।
थाहा ४ धारापानी र थाहा ३ डाडागाउँस्थित घर हावाहुरीका कारण क्षति भएको जनाउँदै प्रहरीले घरहरुमा क्षति भए पनि मानवीय र चौपाया क्षति नभएको बताएको छ ।
थाहा ३ डाडागाउँका वर्ष ५४ को मधु सुजन विष्टको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको छ भने वर्ष २७ का दिल माया गोलेको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको छ ।
हावाहुरीले थाहा ३ का रत्न स्याङतानको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको, श्याम गोलेको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको, राज कुमार भुजेलको ढुङ्गा माटोले बनेको घरको छाना उडाएको र थाहा देउरालीका राजन भुजेलको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार रातिको हावाहुरीका कारण थाहा ३ कै कृष्ण भुजेलको काठ र जस्ताले बनेको घरको छाना उडाएको घर भत्किएको र भोटेखोरियाका साधुराम विष्टको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो, काठ र जस्ताले बनेको गोठ उडाएको छ ।
यस्तै हावाहुरीले थाहा ५ नलिबनका हिरा पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, राजु पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, रमेश पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, दीपक पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, गणेश पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको र जगनाथ अधिकारीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानोउ डाएको छ ।
थाहा ५ का रामसिंह रायमाझीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, नकुल कार्कीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो हावाहुरीले उडाएको प्रहरीको भनाइ छ ।
प्रहरीले घर क्षति भएका विभिन्न स्थानका पीडितहरुको उद्दारगरेको थियो ।
असिना पानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा स्थानीय किसानले बनाएको तरकारीका टनेलहरु र तरकारी खेतीमा पनि क्षति पुगेको स्थानीय शम्भु अधिकारीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: