हेटौँडा। हावाहुरीका कारण मकवानपुरको थाहा नगरपालिकाको विभिन्न वडाहरुमा ठुलो परिणाममा क्षति पुगेको छ । थाहाको वडा नं. ३, ४, ५ र ८ लगायतका वडाहरुमा गएराति असिनापानीसहित आएको हावाहुरीले झण्डै डेढ दर्जन घरमा क्षति पुर्याएको हो ।
पाँच वटा कच्ची घरको छाना उडाई भत्केको र ११ वटा कच्ची घरको छाना उडाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार थाहा ४ धारापानी र थाहा ३ डाँडागाउँ र देउरालीमा आठ वटा घर र थाहा ५ नलिबनमा आठ वटा घरमा हावाहुरीबाट क्षति पुगेको हो ।
थाहा ४ धारापानी र थाहा ३ डाडागाउँस्थित घर हावाहुरीका कारण क्षति भएको जनाउँदै प्रहरीले घरहरुमा क्षति भए पनि मानवीय र चौपाया क्षति नभएको बताएको छ ।
थाहा ३ डाडागाउँका वर्ष ५४ को मधु सुजन विष्टको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको छ भने वर्ष २७ का दिल माया गोलेको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको छ ।
हावाहुरीले थाहा ३ का रत्न स्याङतानको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको, श्याम गोलेको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको, राज कुमार भुजेलको ढुङ्गा माटोले बनेको घरको छाना उडाएको र थाहा देउरालीका राजन भुजेलको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार रातिको हावाहुरीका कारण थाहा ३ कै कृष्ण भुजेलको काठ र जस्ताले बनेको घरको छाना उडाएको घर भत्किएको र भोटेखोरियाका साधुराम विष्टको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो, काठ र जस्ताले बनेको गोठ उडाएको छ ।
यस्तै हावाहुरीले थाहा ५ नलिबनका हिरा पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, राजु पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, रमेश पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, दीपक पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, गणेश पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको र जगनाथ अधिकारीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानोउ डाएको छ ।
थाहा ५ का रामसिंह रायमाझीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, नकुल कार्कीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो हावाहुरीले उडाएको प्रहरीको भनाइ छ ।
प्रहरीले घर क्षति भएका विभिन्न स्थानका पीडितहरुको उद्दारगरेको थियो ।
असिना पानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा स्थानीय किसानले बनाएको तरकारीका टनेलहरु र तरकारी खेतीमा पनि क्षति पुगेको स्थानीय शम्भु अधिकारीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: