काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ ।
उच्च गतिको इन्टरनेट सेवा दिने स्टारलिङ्कले भारतमा एयरटेलपछि रिलायन्स जियोसँग पनि सम्झौता गरेर भारतीय बजारमा आक्रामक रुपमा अगाडी बढ्ने संकेत गरेको छ । स्टारलिङ्क एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा हो जसले स्याटेलाइट कभरेज भित्र जहाँसुकै इन्टरनेट पहुँच प्रदान गर्न सक्छ । यस सुविधाका कारण, परम्परागत इन्टरनेट सेवा उपलब्ध नभएका दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि विश्वव्यापी रुपमा यो राम्रो विकल्प बनिरहेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्न एकसाथ विस्तार गरिरहेका छन् र यो सम्झौता भारतमा इन्टरनेट कनेक्टिभिटीको विकासमा कोसेढुङ्गा भएको बताएको छ ।
जियो प्लेटफर्म्स लिमिटेडले भनेको छ- 'जियो प्लेटफर्म लिमिटेडले भारतीय उपभोक्ताहरूलाई स्टारलिङ्क ब्रॉडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको छ । जियोले आफ्नो रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंक सेवा प्रदान गर्नेछ ।'
गत वर्ष भारतको स्याटेलाइट ब्रॉडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानी बीच प्रतिस्पर्धा भएको थियो । गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवन्टन लिलामी मार्फत नभई प्रशासनिक रूपमा गरिने घोषणा गरेको थियो । मस्क पहिलेदेखि नै लिलामी मोडेलको आलोचक रहेका छन् भने अम्बानी यसको समर्थक रहेका छन् ।
यसअघि एयरटेलले पनि स्टारलिङ्कसँग भारतमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: