Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

लैङ्गिकमैत्री सहर निर्माणका लागि बजेट तथा कार्यक्रम बनाएका छौं- उपप्रमुख डंगोल

खबरडबली संवाददाता

काठमाडौँ । ‘काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम हुन् ।

लैङ्गिकमैत्री सहर निर्माणका लागि उत्तरदायी कानुन, नीति, कार्यक्रम र बजेट प्राथमिकतामा छन् ।’ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, धेरै महत्वपूर्ण तथा प्राथमिकतायुक्त कार्यक्रममा पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम विशेष प्राथमिकतामा राखिएको बताएकी छन् । महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आउनुभएकी एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले, समतामूलक समाज निर्माण गर्ने, महिलाहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरुलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिईन । 

‘लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको छ । कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएका छन् । वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेटको व्यवस्था गरिएको छ ।’ डंगोलले महानगरपालिकाबाट महिलाहरुले प्राप्त गर्ने सेवाका विषयमा जानकारी दिइन् । 

महिलाको नेतृत्वमा वडा महिला सञ्जालले काम गरिरहेको छ । यस्ता कामबाट उनीहरुको आर्थिक सशक्तिकरणसँगै व्यक्तित्व र नेतृत्व विकास भएको उनको भनाइ छ । 

छलफलमा अध्यक्ष सासाकीले, काठमाडौँले थालेका प्रयासहरु दक्षिण एशियाली मुलुकहरुका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् । ‘फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पुर्याउने र उनीहरुलाई भेला गराएर दक्षिण एशियाली मुलुकस्तरीय समिट आयोजना गर्ने लक्ष्य छ ।’ यसका लागि यहाँको नेतृत्वबाट धेरैलाई प्रेरणा दिन सकिन्छ । यसका लागि हामीले आयोजना गर्ने कार्यक्रममा यहाँलाई बक्ताका रुपमा निमन्त्रणा गर्न चाहन्छौँ ।’ उनले विभिन्न देश र स्थानहरुमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिन । 

छलफलमा दक्षिण एशियाली मुलुकहरुमा महिलाहरुको नेतृत्व स्थान, आपसी सिकाइ, भोगाइ आदानप्रदान गर्ने अवसरलगायत विषय उठेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending