Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

खबरडबली संवाददाता

साउदी अरेबिया । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन् ।

जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।

युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ ।

रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गर्नुभयो तर भेटघाट गरेनन ।

जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गरे। उहाँहरूबिच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताए।

“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भने।

रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गरे। उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिनुभयो र यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गरे । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।

आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताए।

यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उहाँको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।

“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन् कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भने, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”

“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उनले भने।

जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताएको छन । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नुहुनेछ ।

वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ ।

युरोपेली सङ्घ ९इयु० ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।

ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले सोमबार फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताए।

“हामीले युक्रेनीहरूलाई आवश्यक पर्ने।।। कुनै पनि रक्षात्मक कुराका लागि जासुसी जानकारी बन्द गर्दैनौँ”, उनले भने।युक्रेनी सेनाद्वारा आक्रामक उद्देश्यका लागि प्रयोग गर्न सकिने अमेरिकी जासुसी साझेदारीमा रोक लगाइएको एक अमेरिकी अधिकारीले बताएका छन् । साउदी वार्ताको दौरान युक्रेनसँग जासुसी–साझेदारी पुनः स्थापित गर्नेतर्फ प्रगति हुन सक्ने ती अधिकारीले सङ्केत गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending