लमजुङ। सदरमुकाम बेसीसरहमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू मापदण्डविपरीत रहेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेँसीसरहको ठाडो लाइन र शेराबजारमा रहेका औषधि पसलमा गरिएको अनुगमनमा फार्मेसी नै नपढेका व्यक्तिले औषधि विक्री गरिरहेको पाइएको छ । त्यति मात्र हैन, खाद्यपूरक सामाग्री, औषधिका रूपमा दर्ता नै नभएका सामाग्री समेत बेचबिखन गरेको र इजाजत विना कम्प्युटर बिलिङ गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए ।
“अनुगमनमा दक्ष जनशक्ति विनै औषधि बेचेको पाइएको । दर्ता नभएका औषधि र खाद्यपूरक सामाग्री पनि बेचेको पाइयो”, गौतमले भने, “त्यस्ता पसललाई सात दिन भित्र सुधार गर्न निर्देशन दिइएको छ ।” तोकिएको समयमा सुधार नभए कानुनबमोजिम कारबाही गरिने गौतमले बताए।
जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, लमजुङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको अनुगमन टोलीले सोमबार विभिन्न १० वटा औषधि पसलको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले औषधि पसलहरू दर्ता, नवीकरण भए नभएको, विल विजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि बिक्री वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।
नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकहरूले सरसफाइमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक नरहेको अनुगमन टोलीले जानकारी दिएको छ ।
बेसीसरहमा करिब दुई दर्जन हाराहारीमा औषधि पसलहरू छन् । अधिकांश पसलहरू मापदण्डविपरीत रहे पनि अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा र कानुनविपरीत सञ्चालनमा रहेका पसललाई कारबाही हुन नसक्दा सेवाग्राहीहरु समस्यामा पर्ने गरेको जनगुनासो रहँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: