काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरुलाई राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गर्ने प्रस्ताव गरेका छन् । यदि राजसंस्था पुनर्स्थापनको आवाजलाई दबाउन खोजेमा नसोचेको परिस्थिति उत्पन्न हुने उनले चेतावनी दिए ।
यो देशको भविष्य र अहिलेको दुरावस्थालाई हेरेर देशलाई नवीन समझदारीमा लैजानै पर्ने मिश्रको तर्क छ । उनी भन्छन्, ‘यो देशको भविष्य संकटमा छ । यो देश संसारकै भ्रष्टमा गनिएको छ, भने युवाहरूमा देशमा भविष्य नदेखेर विदेश उडिरहेका छन् । देशमा एउटा एकताको प्रतीक, अस्मिताको प्रतीक र सार्वभौमसत्ता, न्यायको प्रतिकका रूपमा राजनीतिभन्दा माथि राजसंस्था आवश्यक छ । त्यसैले म आह्वान गर्छु कि तपाईँहरू सबै जना सामाजिक सञ्जाल वा टिभी मात्रै हेरेर बस्ने होइन कि आफैँ सडकमा आउनुस् ।’
देश विभिन्न सहरहरूमा अहिले स्वतःस्फूर्त रूपमा जनता सडकमा उत्रिएको मिश्रले बताए । तर, ठूला पार्टीका ठूला नेताहरूले अझै पनि खिज्याउने गरेको उनको गुनासो छ ।
‘सरकारले दमन गर्न खोजिरहेको छ । उहाँहरूलाई निवेदन गर्न चाहन्छु, हालै सिरिया, श्रीलंका, बंगलादेशमा के भयो ? शासकले जनताको आवाजलाई दमन गर्न खोज्दा, केही होइन भन्दा आफैँ भाग्नुपर्ने अवस्था आयो कि आएन ? ठूलो जनधनको क्षति भयो । त्यसैले यस्तो आवाजलाई न्यूनीकरण नगरौँ ।’
विगतमा राजाहरूले सानो क्षति हुनासाथ छोडिदिएको मिश्रले स्मरण गरे । उनी भन्छन्, ‘दलहरूले इच्छा गरेको भरमा राजा वीरेन्द्रले व्यवस्था नै त्यागे । ज्ञानेन्द्रले गद्दी छोड्नुपर्यो । बढी क्षति नहोस्, आन्दोलन नियन्त्रणबाहिर नजाओस्, हिंसातिर नमोडियोस् भनेर उहाँहरूले चाँडो निर्णय लिनुभएको हो । अहिले जनताले राजसंस्थासहितको संवैधानिक प्रजातान्त्रिक चाहेका छन् भन्ने कुरा मनन गरेर शान्तिपूर्णरुपमा सङ्क्रमणलाई अगाडि बढाउन नवीन समझदारीमा जाऊँ । राजसंस्थाको पनि, दलहरूको पनि र राजसंस्थाविरुद्ध युद्ध गरेको माओवादी पनि अटाउने गरेर उहाँहरूले नै अग्रसरता लिने कामना म गर्छु । उहाँहरूले त्यो गर्नुभएन र दबाउने वा न्यूनीकरण गरिराख्नुभयो भने कुनै बेला विस्फोट भएर श्रीलंका, बंगलादेश र सिरियाको रूप धारण गर्न सक्छ, जुन अहिलेको ठूला नेता, पार्टी देश, जनता कसैका लागि अनुकूल र हितकर हुँदैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: