Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आन्दोलन दबाउन खोजे विस्फोट भएर श्रीलंका, बंगलादेश र सिरियाको रूप लिन सक्ने रवीन्द्र मिश्रको चेतावनी

खबरडबली संवाददाता

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरुलाई राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गर्ने प्रस्ताव गरेका छन् । यदि राजसंस्था पुनर्स्थापनको आवाजलाई दबाउन खोजेमा नसोचेको परिस्थिति उत्पन्न हुने उनले चेतावनी दिए ।

यो देशको भविष्य र अहिलेको दुरावस्थालाई हेरेर देशलाई नवीन समझदारीमा लैजानै पर्ने मिश्रको तर्क छ । उनी भन्छन्, ‘यो देशको भविष्य संकटमा छ । यो देश संसारकै भ्रष्टमा गनिएको छ, भने युवाहरूमा देशमा भविष्य नदेखेर विदेश उडिरहेका छन् । देशमा एउटा एकताको प्रतीक, अस्मिताको प्रतीक र सार्वभौमसत्ता, न्यायको प्रतिकका रूपमा राजनीतिभन्दा माथि राजसंस्था आवश्यक छ । त्यसैले म आह्वान गर्छु कि तपाईँहरू सबै जना सामाजिक सञ्जाल वा टिभी मात्रै हेरेर बस्ने होइन कि आफैँ सडकमा आउनुस् ।’

देश विभिन्न सहरहरूमा अहिले स्वतःस्फूर्त रूपमा जनता सडकमा उत्रिएको मिश्रले बताए । तर, ठूला पार्टीका ठूला नेताहरूले अझै पनि खिज्याउने गरेको उनको गुनासो छ ।

‘सरकारले दमन गर्न खोजिरहेको छ । उहाँहरूलाई निवेदन गर्न चाहन्छु, हालै सिरिया, श्रीलंका, बंगलादेशमा के भयो ? शासकले जनताको आवाजलाई दमन गर्न खोज्दा, केही होइन भन्दा आफैँ भाग्नुपर्ने अवस्था आयो कि आएन ? ठूलो जनधनको क्षति भयो । त्यसैले यस्तो आवाजलाई न्यूनीकरण नगरौँ ।’

विगतमा राजाहरूले सानो क्षति हुनासाथ छोडिदिएको मिश्रले स्मरण गरे । उनी भन्छन्, ‘दलहरूले इच्छा गरेको भरमा राजा वीरेन्द्रले व्यवस्था नै त्यागे । ज्ञानेन्द्रले गद्दी छोड्नुपर्‍यो । बढी क्षति नहोस्, आन्दोलन नियन्त्रणबाहिर नजाओस्, हिंसातिर नमोडियोस् भनेर उहाँहरूले चाँडो निर्णय लिनुभएको हो । अहिले जनताले राजसंस्थासहितको संवैधानिक प्रजातान्त्रिक चाहेका छन् भन्ने कुरा मनन गरेर शान्तिपूर्णरुपमा सङ्क्रमणलाई अगाडि बढाउन नवीन समझदारीमा जाऊँ । राजसंस्थाको पनि, दलहरूको पनि र राजसंस्थाविरुद्ध युद्ध गरेको माओवादी पनि अटाउने गरेर उहाँहरूले नै अग्रसरता लिने कामना म गर्छु । उहाँहरूले त्यो गर्नुभएन र दबाउने वा न्यूनीकरण गरिराख्नुभयो भने कुनै बेला विस्फोट भएर श्रीलंका, बंगलादेश र सिरियाको रूप धारण गर्न सक्छ, जुन अहिलेको ठूला नेता, पार्टी देश, जनता कसैका लागि अनुकूल र हितकर हुँदैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: