Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

सिप मेलाका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । राष्ट्रिय सभा गृहमा कार्यशाला सञ्चालन गरिएको हो । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ्, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्धन र प्रतिवद्धता, ‘अन द जब ट्रेनिङ्’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो । महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालन भएको हो । 

‘कार्यक्रममा रोजगार क्षेत्रका लागि आवश्यक पर्ने दक्षता बढाउन र रोजगार क्षेत्रमा पुग्न महानगरपालिकाले सहयोग गर्नेछ । रोजगारदाताको आवश्यकता अनुसारको व्यक्तित्व प्रशिक्षार्थीले प्रदर्शन गर्नु पर्नेछ ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘व्यक्तिले आर्जन गरेको ज्ञान, सिप र क्षमता सिभीबाट प्रदर्शन हुने र त्यहाँ दिइएको सूचनाको छुट्टाछुट्टै महत्व हुने भएकोले सिभीलाई तथ्यपरक बनाउनु पर्छ ।’ 

महानगरपालिकाले सहजीकरण गरिदिएको ठाउँमा १२ महिनाका लागि हो । यसमा ६ महिना अनिवार्य प्रशिक्षणमा रहनुपर्छ । यसपछि कार्य सम्पादनका आधारमा थप ६ महिना सोही स्थानमा नियमित गर्न सकिन्छ । यदि प्रशिक्षार्थीले अन्य उत्कृष्ट अवसर प्राप्त गरे भने त्यस ठाउँमा जानबाट नरोकिने झाले बताए ।

त्यस क्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, महानगरपालिकाले थालेको यो अभ्यासलाई प्रशिक्षार्थीहरुले सफल बनाउनु हुनेमा विश्वाश रहेको धारणा राखिन । यस्तै गौरव योजनाका फोकल पर्सन शान्ता पहाडीले, ‘अन द जब ट्रेनिङ्’ कार्यक्रमपछि स्वरोजगार बन्न चाहनेका लागि महानगरपालिकाले सहयोग उपलब्ध गराउने योजना रहेको बताइन् । 

सिप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोवाइल्स (अटो इलेक्ट्रिकमा ४० जना, इलेक्ट्रिकल भेहिकल (इभी) मा ६०) जनाले तालिम पूरा गर्नुभएको थियो । उहाँहरुलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा करिब ५० प्रतिशतमध्ये कोही  रोजगारीमा, कोही स्वरोजगारमा र कोही वैदेशिक रोजगारीको प्रक्रियामा रहेका छन् । ५१ जनाले ओजेटी (अन द जब ट्रेनिङ्) मा रुचि देखाएको बताइएको छ । यसरी रुचि देखाउनेमध्ये ४७ जनाले कार्यशालामा आउन नाम दर्ता गराउनुभएको थियो । नाम दर्ता गराउनेमध्ये पनि कार्यशालामा ३० जनाले भाग लिएका थिए ।  

सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ मा महानगरपालिका र चाँगुनारायण फाउन्डेसनसँग सम्झौता भएको छ ।

ओजेटी कार्यक्रममार्फत कार्यस्थलमा प्रशिक्षण गर्नेहरुले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।   

महानगरपालिकाले दक्षता अभिवृद्धि गराउने, प्राप्त दक्षतालाई प्रमाणीकरण गराउने, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना बनाएको छ । शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, औपचारिक शिक्षासँगै तालिम सञ्चालन गर्ने गराउने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गर्ने गराउने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्ने गराउने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध गर्ने गराउने वातावरणका लागि सहजीकरणको काम गरिरहेको छ । तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँचका लागि सहजीकरण गर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा प्रदान गर्ने महानगरपालिकाको योजनामा छ । 

महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको तालिम संयोजक देवेन्द्र के. सी. को भनाइ छ । अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यता निर्धारण सहजीकरण सम्बन्धी कार्यक्रम नियमित चलिरहेका छन् ।  

कार्यक्रमअन्तर्गत महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।  

तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending