सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताएको छन ।
सर्लाहीको मलङ्गवामा शुक्रबार ‘हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ कार्यक्रममा बोल्दै उहाँले झापादेखि सर्लाहीसम्म आइपुग्दा वुद्धिजिवी, किसान, मजदुर, मधेशी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महशुस गरेको बताएको हो । प्रचण्डले अहिलेको बेथितीको अन्त्यका लागि सबै तह र तप्काका जनता आन्दोलित हुनुपर्ने देखिएको उल्लेख गरे ।
उनले माओवादी केन्द्रले अभियान सुरु गरेपछि सम्पूर्ण राज्यकै ध्यान मधेशतिरै केन्द्रीत भएको उनको दावी छ । माओवादीले तराई–मधेश केन्द्रीत अभियान थालेपछि प्रधानमन्त्री र अन्य ठूला पार्टीका सबै नेता मधेश झरेका प्रचण्डको भनाइ छ ।
बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीमा तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापालगायतका शिर्ष नेता महोत्तरी र रौतहट आइपुगेको थिए। हुलाकी मार्ग केन्द्रीत अभियान चलाएर माओवादीले पूरै मधेश नै प्रभावमा पारिसक्यो भन्ने चिन्ता अन्य दललाई पर्न थालेको प्रचण्डको भनाइ छ ।
मधेशको सबैभन्दा दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानमाथि राज्यले विभेद गरेका कुरा उजागर गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषिको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रियरुपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रीत अभियान सञ्चालन गरिएको उनले बताए।
प्रचण्डले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुदाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर निर्माणको काम अघि बढाएको दावी गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार सर्लाहीको एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्वोधन गर्दै हुनुहुन्छ । उहाँले सदरमुकाम मलङ्गवामा आयोजित आमसभामा सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य एवं भर्खरै जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेका प्रमोद साहलगायतलाई माओवादी केन्द्रमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
माओवादीको तराई–मधेश केन्द्रीत अभियानअन्तर्गत सर्लाहीको कार्यक्रम सकेर शुक्रबार साँझ अध्यक्ष प्रचण्डसहित पार्टीका शिर्षस्त नेताहरु रौतहट प्रस्थान गर्ने जिल्ला इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: