Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

राप्ती नदीमा एक सय तीन गोही छाडियो

खबरडबली संवाददाता

चितवन।  चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ वटा गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकाहरुमध्ये एउटा, भाले र अन्य पोथी रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलियका बच्चा हुन । गत आर्थिक वर्षमा १०५ वटा गोही नदीमा छाडिएको थियो । नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन् केन्द्रमा कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका बच्चालाई नदीहरुमा छोड्ने गरिन्छ ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० वटा गोही छाडिसकिएको छ । यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ । थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ वटा गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा ६९७ वटा गोही रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १०० भन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए।

नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरुमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रुपमा सङ्ख्या भने बढेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending