काठमाडौं । आसन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सङ्गठन दर्ताको क्रम जारी छ । हिजोबाट सुरु भएको सङ्घ सङ्गठन दर्ताको प्रक्रिया आज समेत जारी छ । स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार मात्रै सङ्घ सङ्गठन दर्ता हुने थियो । तर, कतिपय ठाउँमा झडप तथा विवादका कारण निर्वाचन प्रक्रिया नै स्थगित भएको थियो । निर्वाचन प्रक्रिया स्थगित भएका र सुरु नै नभएका क्याम्पसहरूमा आज पनि सङ्घ सङ्गठन दर्ताको क्रम जारी छ ।
अहिलेसम्म अनेरास्ववियुको तर्फबाट देशभरका ३५२ क्याम्पसमा सङ्गठन दर्ता भएको छ । उपाध्यक्ष नारायण घर्तीका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि देशभरका ३५२ क्याम्पसमा अनेरास्ववियुको सङ्गठन दर्ता भएको हो ।
नेपाल विद्यार्थी संघको तर्फबाट अहिलेसम्मको रेकर्ड अनुसार ३१० क्याम्पसमा सङ्गठन दर्ता भएको छ । नेविसंघ प्रवक्ता सुरज सेजुवालले विभिन्न क्याम्पसहरूबाट विवरण प्राप्त नभइसकेको र हालसम्म ३१० क्याम्पसको रेकर्ड केन्द्रमा आइपुगेको बताए ।
कतिपय सामुदायिक क्याम्पसमा आज पनि दर्ता कार्य जारी रहेको छ । जसले गर्दा स्ववियु निर्वाचन हुने क्याम्पसहरूको सङ्ख्या बढ्नेछ । सङ्गठन दर्ताको लागि तोकिएको दिन मात्रै हुनुपर्छ भन्ने छ । त्यसका लागि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले क्याम्पसको निर्वाचन समितिले आवश्यकता आधारमा समय थप गर्ने सक्नेछ । सोही आधारमा कतिपय क्याम्पसहरूमा आज समेत सङ्घ सङ्गठन दर्ताको प्रक्रिया जारी छ ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) बहुमत, अखिल छैटौँ, समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, अखिल (क्रान्तिकारी)वैद्य, प्राज्ञिक विद्यार्थी परिषद्, लोकतान्त्रिक विद्यार्थी सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, स्वतन्त्र क्रान्तिकारी विद्यार्थी समूह, स्वतन्त्र विद्यार्थी समूह लगायतका विद्यार्थी सङ्घ सङ्गठनको तर्फबाट दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: