Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

एनआरएनए एकता महाधिवेशन: संघलाई सहि रूपमा लैजाने पहिलो र अन्तिम मौका- संयोजक घले

खबरडबली संवाददाता

काठमाडौँ । चैत २१ मा सर्वोच्च अदालतले एकताको महाधिवेशन गर्नका लागि पूर्वअध्यक्ष शेष घलेलाई जिम्मेवारी दिएपनि बद्री केसी पक्षले असहयोग जारी राखेको छ । तर, पछिल्लो समय सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र परराष्ट्र मन्त्रालयले पनि पत्राचार गरेपछि बद्री केसी समूह दबाबमा परेको छ । तर, केसी समूहले सर्वोच्चको दोस्रो फैसला देखाउन भने अझै छाडेको छैन । 

गत आइतबार सर्वोच्चले घले नेतृत्वको उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन बद्री केसी पक्षलाई निर्देशन दिएको थियो । 

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार संघलाई पत्र पठाउँदै उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको हो । फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माको हस्ताक्षरमा पठाइएको पत्रमा निर्देशनको ७ दिनभित्र परिपालना गरी निर्देशनालयलाई जानकारी गराउन समेत भनिएको थियो । निर्देशनको अवज्ञा गरेमा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको र कार्यपालना समेत नगेको भन्ने व्यहोरासहितको प्रतिवेदन पेस गरिने पत्रमा उल्लेख थियो । 

त्यसपछि आइतबार परराष्ट्रले अर्को पत्र पठाएर एकता महाधिवेशन गराउन सरकारी पत्र र प्रतिनिधि तोकिदियो ।  परराष्ट्र मन्त्रालयले कानुन मन्त्रालयको सिफारिसमा सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेको हो। जुन पत्र घले र बद्री केसीले सम्हाल्दै आएको सचिवालय दुबैलाई पठाइएको छ । यसले घलेले वैधता पाएको पुस्टि भएको  छ । अधिबक्ताहरुका अनुसार कानुनीरुपमै एकले अर्कोलाई नमाने पनि घलेले पाएको परमादेश भएकाले दोस्रो फैसलाले रोक्न नसक्ने बताइन्छ । जसका कारण  केसी समुहमा छटपटी भएको उनी पक्षधर नै बताउँछन् । 

यसैबीच संयोजक शेष घलेले एकता महाधिवेशनबारे अब बादविवाद गर्न जरुरी नभएको बताए । उनले संघको इतिहासमा संघलाई सही रूपमा लैजाने पहिलो र अन्तिम मौका अहिले भएको बताए ।  त्यसैले यो मौकालाई चुनौती बनाउने प्रयास कसैले पनि गर्न नहुने बताउँदै उनले महाधिवेशन अनिवार्य भएकाले सफल बनाउन प्रयास र योगदान गर्न सबैसँग अनुरोध गरे । 

उनले भने, ‘हामी चैत २१ फैसलाको जिम्मेवारी पुरा गर्नको लागि काम गरिरहेका छौँ। यो संघको इतिहासमा संघलाइ डिरेलबाट सही लिगमा गुडाउने पहिलो र अन्तिम मौका हो। यस्तो मौका न पछि आउँछ न पहिला थियो। त्यसैले यो सफल हुनु जरुरी छ। यसको विकल्प र सेकेन्ड ओपिनियन छैन।’

आफूहरु अदालतले दिएको जिम्मेवारी पुरा गर्न लागिपरेको पनि उनको भनाइ छ । 

उनले एनआरएनए अन्तराष्ट्रिय र राष्ट्रिय संगठन दुई फरक देशको कानुन अनुसार स्थापित फरक फरक स्वायत्त संस्था भएको पनि बताए । उनले भने, ‘यी संस्थाबिच केन्द्र र तल्लो तह जस्तो होइन दुवै संस्थाबिच साझेदारीमा हस्ताक्षर  गरेर काम गर्नुपर्छ। जस्तो की ब्रान्ड एउटा नै हो तर उत्पादन फरक ठाउँमा भए पनि गुण र पहिचान एउटै रहन्छ । उदाहरणको लागि कोकाकोला हरेक देशमा फरक कम्पनी हुन्छ । तर यसको उत्पादन एउटै र उस्तै हुन्छ। सङ्घ पनि त्यस्तै हो फरक देशमा हुन्छौँ तर ब्रान्ड एउटै नै हो।’  

उनले मेमा चुनाव गर्नका लागि आवश्यक काम भइरहेको बताउँदै धेरैभन्दा धेरै एनआरएनएलाई काठमाडौँमा भेला गरेर महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने समेत बताए । 

गत चैत २१ मा एनआरएनएको विवादमा सर्वोच्चले एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो । सो परमादेशपछि परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट विवादकाबीच निर्वाचित बद्री केसीको नेतृत्वलाई काम गर्न रोक लगाएको थियो ।

यहीबिचमा गत आइतबार सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय हस्तान्तरण गर्न एनआरएनएलाई पत्राचार गरेको थियो । यस्तै मन्त्रालयले पनि प्रतिनिधि खटाएको हो ।

सरकारले नै अधिवेशनका लागी प्रतिनिधि तोकिसकेपछी अब एकता महाधिवेसनको बिकल्प नभएकाले सबै गैरआवासीय नेपालीलाई यो अभियान सम्पन गर्नलाई लागि पर्न सम्योजक घलेले बताएका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending