पथरी । स्ववियु निर्वाचनको माहोल देशभर तातेका बेला मोरङको पथरी बहुमुखी क्याम्पसमा भने असहज स्थिति सिर्जना भएको छ। चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीस्वरूप विभिन्न कलेजहरूमा सोमबार दल दर्ता भइरहेको थियो।
तर, पथरी बहुमुखी क्याम्पसमा दल दर्ताकै क्रममा नेविसंघ केन्द्रीय सदस्य सुविन पराजुलीले सोही क्याम्पसका विद्यार्थी सोमनाथ फुयालमाथि हातपात गरेका छन्।
पराजुलीले ‘म केन्द्रीय सदस्य हुँ, तिमीलाई कारबाही गर्न सक्छु’ भन्दै धम्की दिएपछि फुयाल आक्रोशित बनेका थिए। पराजुली नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलानिकट हुन् भने फुयाल नेता शेखर कोइरालानिकट हुन्।
उनीहरूबीच भनाभन हुँदै स्थिति हात हालाहालसम्म पुगेको देखिएको छ। घटनाको सिसिटिभी फुटेजमा दुवै पक्षबीचको घम्साघम्सी स्पष्ट देख्न सकिन्छ। पीडित विद्यार्थी सोमनाथ फुयाल नेविसंघ मोरङ जिल्ला सदस्य तथा पथरी बहुमुखी क्याम्पस स्ववियुका सदस्यसमेत हुन्। यो घटनाले निर्वाचनपूर्वको माहोललाई अझ तनावपूर्ण बनाएको छ।
केही दिनअघि नेविसंघमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच महेन्द्र मोरङ क्याम्पस विराटनगरमा तनाव भएको थियो। यसक्रममा कुटाकुट हुँदा कोइराला समूहका नेता घाइते भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: