काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले आफ्नो लक्ष्य आसन्न एसिएन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनसिप उपाधि दिलाउनु रहेको बताएको छन ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आइतबार अष्ट्रेलियाका रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै रोसले चार सातादेखि आफुले नेपाली फुटबललाई नियाली रहेकोले नेपालमा क्षमतावान खेलाडी भएको पनि बताए ।
‘‘नेपालका सिनियर खेलाडीले देश छाडेको कुरा राम्रोसँग थाहा छ । तर विदेश गएका खेलाडीलाई नेपाल ल्याउने र यहाँका युवा खेलाडीलाई मौका दिएर अगाडि बढ्नेछौँ । अबको पहिलो लक्ष्य विभिन्न मैत्रीपूर्ण खेल खेल्दै एसिएन कप छनोटमा ध्यान दिनेछौँ । मेरो योजना नेपाललाई एसिएन कपमा छनोट गराउने र साफ च्याम्पियनसिप जिताउनेमा केन्द्रित हुनेछ,’’ रोसले भने ।
उहाँले विदेश गएका खेलाडीलाई स्वदेश फर्किएर राष्ट्रिय टोलीमा योगदान गर्ने ढोका सँधै खुला रहने पनि बताए। पछिल्लो दुई वर्षमा नेपाली राष्ट्रि टोलीका अधिकांश सिनियर खेलाडी प्रशिक्षक रोसकै देश अष्ट्रेलिया पलायन भएका छन् ।
रोसले आफु नेपाली टोलीको प्रशिक्षक बन्न पाउनु खुसीको क्षण भएको पनि सुनाउनुभयो । ‘‘नेपाली फुटबलमा दर्शकको क्रेज बेजोडको पाएँ । यहाँको आतिथ्यताले झनै लोभ्यायो । म आफ्नो कार्यकालमा नेपाललाई माथिल्लो सफलता दिलाउने प्रयास गर्नेछु । जसबाट नेपाली समर्थक खुसी बनुन्,’’ रोसले भने ।
नेपाली खेलाडीको क्षमता राम्रो देखेको भन्दै रोसले बल नियन्त्रण र दबाबपूर्ण खेलमा धैर्य गरेर खेल्न जरुरी रहेको पनि बताए । एन्फाले रोससँग एक वर्षका लागि सम्झौता गरेको हो । रोसले पाउने तलब र सुविधाको विषय भने एन्फाले खुलाउन चाहेन ।
नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिनाअघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो । एन्फाले प्रशिक्षकका लागि आवेदन दिएका विश्वभरका चार सय १६ प्रशिक्षकबाट २० जना हुँदै अन्तिममा पाँच जनाबाट रोसलाई नियुक्त गरेको हो ।
‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - ११:२७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...
आषाढ़ २५ गते, २०८३ - ११:१९
काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
आषाढ़ २५ गते, २०८३ - १०:४१
काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...
आषाढ़ २५ गते, २०८३ - १०:२७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...
आषाढ़ २५ गते, २०८३ - १०:१४
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...



प्रतिकृया लेख्नुहोस्: