Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

एसियन कपमा ध्यान दिँदै साफ जिताउने प्रयास गर्छु : प्रशिक्षक रोस

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले आफ्नो लक्ष्य आसन्न एसिएन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनसिप उपाधि दिलाउनु रहेको बताएको छन ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आइतबार अष्ट्रेलियाका रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै रोसले चार सातादेखि आफुले नेपाली फुटबललाई नियाली रहेकोले नेपालमा क्षमतावान खेलाडी भएको पनि बताए ।

‘‘नेपालका सिनियर खेलाडीले देश छाडेको कुरा राम्रोसँग थाहा छ । तर विदेश गएका खेलाडीलाई नेपाल ल्याउने र यहाँका युवा खेलाडीलाई मौका दिएर अगाडि बढ्नेछौँ । अबको पहिलो लक्ष्य विभिन्न मैत्रीपूर्ण खेल खेल्दै एसिएन कप छनोटमा ध्यान दिनेछौँ । मेरो योजना नेपाललाई एसिएन कपमा छनोट गराउने र साफ च्याम्पियनसिप जिताउनेमा केन्द्रित हुनेछ,’’ रोसले भने ।

उहाँले विदेश गएका खेलाडीलाई स्वदेश फर्किएर राष्ट्रिय टोलीमा योगदान गर्ने ढोका सँधै खुला रहने पनि बताए। पछिल्लो दुई वर्षमा नेपाली राष्ट्रि टोलीका अधिकांश सिनियर खेलाडी प्रशिक्षक रोसकै देश अष्ट्रेलिया पलायन भएका छन् । 

रोसले आफु नेपाली टोलीको प्रशिक्षक बन्न पाउनु खुसीको क्षण भएको पनि सुनाउनुभयो । ‘‘नेपाली फुटबलमा दर्शकको क्रेज बेजोडको पाएँ । यहाँको आतिथ्यताले झनै लोभ्यायो । म आफ्नो कार्यकालमा नेपाललाई माथिल्लो सफलता दिलाउने प्रयास गर्नेछु । जसबाट नेपाली समर्थक खुसी बनुन्,’’ रोसले भने ।

नेपाली खेलाडीको क्षमता राम्रो देखेको भन्दै रोसले बल नियन्त्रण र दबाबपूर्ण खेलमा धैर्य गरेर खेल्न जरुरी रहेको पनि बताए । एन्फाले रोससँग एक वर्षका लागि सम्झौता गरेको हो । रोसले पाउने तलब र सुविधाको विषय भने एन्फाले खुलाउन चाहेन । 

नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिनाअघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो । एन्फाले प्रशिक्षकका लागि आवेदन दिएका विश्वभरका चार सय १६ प्रशिक्षकबाट २० जना हुँदै अन्तिममा पाँच जनाबाट रोसलाई नियुक्त गरेको हो ।

‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending