Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

७ महिनामा ४६ स्कुल बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

स्कुल बस दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरबाही

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौंको दक्षिणकाली–३, भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बस गत माघ २७ मा दुर्घटना हुँदा बस चालक राधाकृष्ण मगर र विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भयो । विद्यार्थी छाड्न फर्पिङतर्फ जाँदै गरेको बा१क ५६६४ नम्बरको बस सडकबाट डेढ सय मिटर तल डल्लु खोलामा खसेको थियो । दुर्घटनामा ४४ जना घाइते भएका थिए ।

डल्लु खोलामा भएको दुर्घटनाको तेस्रो दिन काठमाडौंकै शंखरापुर–५, कात्तिकेमा वनभोजबाट फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको बस दुर्घटनामा पर्‍यो । ब्रेक फेल भई बस दुर्घटना हुँदा क्रिसल पुरी, सुशांका डोटेल र सुरेश तामाङको मृत्यु भयो, ४३ जना घाइते भए ।

काठमाडौं उपत्यकामा मात्र पछिल्ला सात महिनामा यीसहित पाँच वटा स्कुल बस दुर्घटनामा परे । प्रहरीका अनुसार ती दुर्घटनामा ५ बालबालिका, १ शिक्षक र १ चालकसहित ७ जनाको मृत्यु भयो । १ सय बालबालिका, ९ शिक्षक, ६ चालकरसहचालक घाइते भए । देशभरिमा भने गत साउनदेखि माघसम्ममा ४६ वटा स्कुल बस दुर्घटना भएको प्रहरीको तथ्यांक छ । उक्त दुर्घटनामा १३ विद्यार्थी, १ शिक्षक र ९ चालकरसहचालकसहित १३ जनाको मृत्यु भयो । १ सय ७४ विद्यार्थी र १० शिक्षक घाइते भए ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार यी सात महिनामा मधेश प्रदेशमा १४, सुदूरपश्चिममा ८, कोशीमा ७, लुम्बिनीमा ५, कर्णालीमा ४, गण्डकीमा २ र बागमतीमा ६ स्कुल बस दुर्घटनामा परेका थिए । बागमती प्रदेशमा दुर्घटना भएका ६ स्कुल बसमध्ये ५ वटा काठमाडौं उपत्यकाका हुन् । आचार्य स्कुल बस दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरबाही रहेको बताउँछन् । ‘पिकनिक वा भ्रमणमा लगिएका स्कुल बस दुर्घटनामा परेका खबर धेरै छन्,’ उनले भने, ‘पिकनिक वा भ्रमणमा जाने सडक कस्तो छ भनेर विद्यालय र चालकले पूर्वजानकारी लिएर तयारी नगर्दा बढी दुर्घटना भएको छ ।’

स्कुलरकलेजले बस सञ्चालनसम्बन्धी सामान्य नियम पनि पालना नगर्दा दुर्घटना बढेको प्रहरी प्रवक्ता आचार्य बताउँछन् । ‘स्कुल बस निर्देशिका छ तर पालना भएको देखिँदैन,’ उनले भने, ‘विद्यालयहरूले क्षमताभन्दा बढी विद्यार्थी राख्नेलगायतका समस्या देखिन्छन् । हामीले सूक्ष्म रूपमा अध्ययन गर्दै छौं ।’

निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० का अध्यक्ष डीके ढुंगानाले विद्यालय सञ्चालनसम्बन्धी आचारसंहिता र कार्यविधिको निर्देशनअनुसार नै बस सञ्चालन हुँदै आएको दाबी गरे । पछिल्ला दुर्घटनामा मानवीय र प्राविधिक दुवै पक्षको गल्ती देखिएकाले आफूहरूलाई सचेत गराएको उनले बताए । ‘चालक तथा सहचालकलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा तालिम दिने तयारी भइरहेको छ,’ उनले भने, ‘बसको नियमित मर्मतसम्भारलाई कडाइका साथ लागू गर्न पनि सबै स्कुलहरूलाई निर्देशन दिएका छौं । विद्यार्थीको सुरक्षित यात्राका लागि हामी सचेत र संवेदनशील छौं ।’

के छ स्कुल बस निर्देशिकामा ?

विद्यार्थी ओसारपसारका लागि सञ्चालित सवारीसाधनको सेवा सुरक्षित, आरामदायी र भरपर्दो बनाउन सरकारले ‘स्कुल बस निर्देशिका २०७४’ जारी गरेको छ । निर्देशिकामा स्कुल बसको बाहिरको रङ पहेंलो हुनुपर्ने, बसको अगाडि र पछाडिको भागमा स्पष्ट देखिने गरी कालो रङमा ‘स्कुल बस’ लेख्नुपर्ने, बस भाडामा लिएको भए स्कुलको नामसहित ‘अन स्कुल ड्युटी’ लेखिएको ब्यानर वा बसको अगाडि र पछाडि ‘स्कुल बस’ लेखिएको प्लेट राख्नुपर्ने व्यवस्था छ ।

स्कुलको परिचय खुल्ने गरी दुवैपट्टिको झ्यालको लेभलभन्दा तल सुनौलो खैरो रङमा स्कुलको नाम लेख्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । आपत्कालीन ढोका, झ्यालको ग्रिलरसिसा, प्राथमिक उपचार बाकस, अग्नि नियन्त्रण उपकरण, सिटको अवस्थाबारे समेत निर्देशिकाले मापदण्ड तोकेको छ । १२ वर्षभन्दा मुनिका विद्यार्थी भए बसको सिट क्षमताभन्दा डेढ गुणा बालबालिका बोक्न सकिने र १२ वर्षभन्दा माथिका विद्यार्थी भए सिट बराबर मात्रै राख्नुपर्ने भनिएको छ ।

स्कुल बस प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन नपाइने व्यवस्था पनि निर्देशिकामा छ । यो निर्देशन पालना गरेरनगरेको अनुगमन गर्ने जिम्मेवारी यातायात व्यवस्था विभाग वा मातहतका कार्यालय वा अधिकार प्रत्यायोजन भएका निकायलाई तोकिएको छ । तर विद्यालयहरूले अधिकांश मापदण्ड पालना नगरी बस सञ्चालन गर्दै आएका छन् ।

अनुगमन–नियमन फितलो हुँदा स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेका छन् । तोकिएभन्दा बढी गतिमा बस हुइँक्याउने समस्या पनि छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार उपत्यकाका विभिन्न ठाउँमा फागुन १ मा सवारी जाँच गर्दा पाँच वटा स्कुल बसका चालकसँग सवारी चालक अनुमतिपत्र थिएन । ५ वटा स्कुल बसमा क्षमताभन्दा बढी विद्यार्थी थिए । ‘२१ वटा स्कुल बसको अवस्था ठीक थिएन,’ राउतले भने, ‘त्यो दिन १ सय ७९ स्कुल बसका चालक र सहचालकलाई सम्झाइबुझाइ पठाइएको थियो ।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार स्कुल बसका चालक मादक पदार्थ सेवन (मापसे), लागू पदार्थ सेवन ९लापसे० गरेको अवस्थामा पनि भेटिने गरेका छन् । विद्यालयबाट ढिलो निस्कने र हतारिए तीव्र गतिमा बस कुदाउने प्रवृत्तिसमेत कतिपय स्कुल बसमा पाइन्छ । ‘स्कुल बसलाई रोकेर चेक गर्दा विद्यार्थीको मनोभावनामा असर पर्छ कि भन्ने लाग्छ,’ प्रवक्ता राउतले भने, ‘स्कुल बस चेकिङका लागि धेरै समय रोक्दा विद्यार्थी आत्तिन सक्छन् भनेर अन्य सवारीसाधनजसरी स्कुल बसलाई निगरानी गरिँदैन ।’

नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष केशव पुरी धेरै विद्यालयको आफ्नै बस नहुँदा पनि दुर्घटना बढ्ने गरेको बताउँछन् । ‘स्कुल बस निर्देशिकाले विद्यार्थी ओसार्न भाडाका बस पनि प्रयोग गर्न पाउने प्रावधान राखेको छ,’ उनले भने, ‘तर दिनभरि यात्रु बोक्ने बस दिउँसो या साँझमा बालबालिका बोक्न प्रयोग गरिनु जोखिमयुक्त हुन्छ । दिनभर अन्यत्र काम गरेर चालक थाकेका हुन्छन् ।’ 

भाडाका बसको बनोट र सिट बालबालिकाका लागि अनुकूल पनि नहुने गरेको उनले बताए । साना बच्चालाई स्कुलले भ्यानमा राख्ने र उल्टो सिटमा बसाउने गरेको पनि उनले बताए । ‘विद्यार्थी संवेदनशील हुन्छन् । यसरी यात्रा गराउन मिल्दैन,’ उनले भने, ‘स्कुलको आफ्नै बस हुनुपर्ने नियम चाहिन्छ । चिनजानको र कम पैसामा नयाँ र कम उमेरको चालक स्कुलले राख्न छोडे पनि दुर्घटना कम हुन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending