काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेको छिन । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेका मन्त्री डा। देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवम् प्रतिनिधिहरुलाई सो आग्रह गरेको हो ।
मन्त्री डा। देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेको हो ।
सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसङ्घीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए।
सो समारोहलाई सम्बोधन गर्दै उनले भने “नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग छ । मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु ।”
मन्त्री डा. देउवाले भनिन “नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक हकका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ ।”
त्यस अवसरमा उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेश गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराईन ।
मन्त्री डा। देउवाले पछिल्ला समयमा नेपालले बाल, महिला तथा अल्पसङ्ख्यकहरुको अधिकारका साथै समावेशिताका क्षेत्रमा उपलब्धिहरु हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएको पनि स्पष्ट गरिन।
यसअघि मन्त्री डा। देउवाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेको थिईन। जेनेभामा जारी सो सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवम् मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १४:५६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...
आषाढ़ २५ गते, २०८३ - १४:२९
काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...
आषाढ़ २५ गते, २०८३ - १४:२४
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...
आषाढ़ २५ गते, २०८३ - १४:१५
काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...
आषाढ़ २५ गते, २०८३ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...
आषाढ़ २५ गते, २०८३ - १३:३२
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...
आषाढ़ २५ गते, २०८३ - १३:२६
इलाम। लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्ष...
आषाढ़ २५ गते, २०८३ - १२:४७
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइ...
आषाढ़ २५ गते, २०८३ - १२:३९
काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...
आषाढ़ २५ गते, २०८३ - १२:२१
काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...



प्रतिकृया लेख्नुहोस्: