काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताए। सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अन्यन्त हानिकारक भएको र त्यस्ता पदार्थको सेवनले मानवजीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापसमेतमा नकारात्मक असर पर्ने भएकाले मेला महोत्सवमा प्रयोजक नराख्न उनले आग्रह गरे।
सुर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ र सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१ जारी भएको छ । उक्त निर्देशिका बमोजिम सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा प्याकेजिङको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमा चित्र अङ्कित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्न सम्बन्धित सवै सरोकारवाललाई अनुरोध गर्नु भएको छ ।
सुर्तीजन्य पदार्थसम्बन्धी ऐन, नियमावली र निर्देशिकामा भएका प्रावधानले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र दिर्घकालिन रूपमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोग तथा मृत्युदर घटाउन र जनस्वास्थ्यमा सुधार गर्न योगदान पुर्याउने प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ । मन्त्रालयले सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तथा भाइवर, ह्वाट्अप नम्बर ९८५१३३०५९२ मा जानकारी गराउन अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: