Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

पाँचथरमा बलेरो दुर्घटना: एक जनाको मृत्यु, दुई जना घाइते

खबरडबली संवाददाता

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका २ मा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेका २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

हिलिहाङ १ मा सञ्चालित माङसेवा बोर्डिङ स्कुलका विद्यार्थी बोक्ने मे १ ज ३०७३ नम्बरको बलेरो सडकदेखि तल खस्दा गम्भीर घाइते भएका हिलिहाङ १ निवासी ३५ वर्षीय हेमराज योगीको निधन भएको हो ।

घटना स्थलबाट गम्भीर अवस्थामा उद्धार गरेर ल्याइएका योगीलाई राती पाँचथर अस्पताल ल्याइ पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा हिलिहाङ १ का २६ वर्षीय विनोद तामाङ,र २० वर्षीय मनिष लिङदेन घाइते भएका भएको छन ।

उनीहरु मध्ये तामाङको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापा स्थित वि एण्ड सि अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ ।

बलेरोका चालक १९ वर्षीय समीर खातीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी०कौशलकुमार बुढाथोकीले बताए।

बलेरो हिलिहाङ १ अमरपुरको माङसेवा बोर्डिङ स्कुलको विद्यार्थीलाई घर पुर्याएर फर्किँदै गर्दा बुधवार साँझ करिब ६ बजे दुर्घटनामा परेको थियो ।

बलेरो आफैँ अनियन्त्रित भएर सडकभन्दा एक सय मिटर तल खसेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका योगीको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने प्रक्रिया सुरु गरिएको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

एक चीन नीतिमा प्रश्न उठ्ने गतिविधि रोक्न सरकारलाई सांसद मल्लको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...

राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...

सरकारको भुक्तानीमा तीव्रता, एकै दिन १७ अर्ब रुपैयाँभन्दा बढी निकासा

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक - प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...

सभामुखको भूमिकामाथि नेकपाको प्रश्न, प्रधानमन्त्रीको जवाफ नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...

प्रतिनिधि सभा नियमावलीका प्रावधानविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...

१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन भएको समितिको ठहर, अधिकार प्रयोग गर्न सभामुखलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending