काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा वितरण गर्ने बताएको छ।
समितिका कार्यकारी निर्देशक रत्न लामिछाने महाशिवरात्रीका लागि मङ्गलबार राति १० बजेदेखि बिहीबार बिहान ८ बजेसम्म प्रतिसेकेण्ड आठ सय लिटर पानी छोडिएको जानकारी दिए। यससँगै दैनिक रूपमा मेलम्चीको पानी बागमतीमा पठाइएको उनको भनाइ छ।
उनले भने, “अरू बेला पनि बागमतीमा पानी छोडिरहेका थियौं। नियमित पानी वितरणलाई असर नपर्ने गरी कुनै बेला ६ देखि १० करोड लिटरसम्म पानी पठाउने गरेका छौं। अहिले एक दिनमा सातदेखि आठ करोड लिटर पानी पठाइरहेका छौं।”
उनले महाशिवरात्रि लगायत अरू चाडपर्वको समयमा पनि मेलम्ची आयोजनाको पानी बागमती नदीमा वितरण गर्ने गरेको बताए।
मेलम्चीको पानी बन्द हुँदा बागमती धाप ड्यामबाट पानी वितरण हुने गर्दछ। यसैको सापटी स्वरूप पनि बागमती नदीमा पानी वितरण गरिएको उनको भनाइ छ।
उनले भने, “मेलम्चीको पानी असारमा बन्द गर्ने बेलामा बागमती आयोजनाबाट धाप ड्यामको पानी सापटी ल्याउँथ्यौं। तयही पानी सापटी स्वरूप दिने गरेका छौं। अहिले हामीले दैनिक पानी छोडेका छौं।”
महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा बगाइने उनको भनाइ छ। महाशिवरात्रिमा भक्तजनको प्रयोजनका लागि पानी छोडिएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: