Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

महाशिवरात्रिमा मेलम्चीको १५ करोड लिटर पानी बागमतीमा वितरण

खबरडबली संवाददाता

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा वितरण गर्ने बताएको छ।  

समितिका कार्यकारी निर्देशक रत्न लामिछाने महाशिवरात्रीका लागि मङ्गलबार राति १० बजेदेखि बिहीबार बिहान ८ बजेसम्म प्रतिसेकेण्ड आठ सय लिटर पानी छोडिएको जानकारी दिए। यससँगै दैनिक रूपमा मेलम्चीको पानी बागमतीमा पठाइएको उनको भनाइ छ।

उनले भने, “अरू बेला पनि बागमतीमा पानी छोडिरहेका थियौं। नियमित पानी वितरणलाई असर नपर्ने गरी कुनै बेला ६ देखि १० करोड लिटरसम्म पानी पठाउने गरेका छौं। अहिले एक दिनमा सातदेखि आठ करोड लिटर पानी पठाइरहेका छौं।”

उनले महाशिवरात्रि लगायत अरू चाडपर्वको समयमा पनि मेलम्ची आयोजनाको पानी बागमती नदीमा वितरण गर्ने गरेको बताए। 

मेलम्चीको पानी बन्द हुँदा बागमती धाप ड्यामबाट पानी वितरण हुने गर्दछ। यसैको सापटी स्वरूप पनि बागमती नदीमा पानी वितरण गरिएको उनको भनाइ छ। 

उनले भने, “मेलम्चीको पानी असारमा बन्द गर्ने बेलामा बागमती आयोजनाबाट धाप ड्यामको पानी सापटी ल्याउँथ्यौं। तयही पानी सापटी स्वरूप दिने गरेका छौं। अहिले हामीले दैनिक पानी छोडेका छौं।”

महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा बगाइने उनको भनाइ छ। महाशिवरात्रिमा भक्तजनको प्रयोजनका लागि पानी छोडिएको उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

एक चीन नीतिमा प्रश्न उठ्ने गतिविधि रोक्न सरकारलाई सांसद मल्लको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...

राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...

सरकारको भुक्तानीमा तीव्रता, एकै दिन १७ अर्ब रुपैयाँभन्दा बढी निकासा

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending