हैदाराबाद। पछिल्लो समय भारतीय सिनेमाको ‘पोष्टर गर्ल’ बनेकी अभिनेत्री रश्मिका मन्दनाको डिमाण्ड निकै बढिरहेको छ । किनभने उनले अभिनय गरेका फिल्मले अब पाँच सय करोड कमाउनु सामान्य भइसकेको छ । पछिल्लो समयमा आएका उनका तीन फिल्मले मात्रै तीन हजार एक सय ६५ करोड कमाउन सफल भएका छन ।
विक्की कौशलसँग ‘छावा’ मा समेत देखिएकी रश्मिकाले सो फिल्मले पनि पाँच सय करोड नघाएपछि उनी थप चर्चाको केन्द्रमा रहेकी छिन् । उनका हालै रिलिज भएका तीन फिल्ममध्ये सबैभन्दा बढी कमाउने फिल्मको सूचीमासमेत पर्न सफल भएको छ । उनका पछिल्ला तीनै फिल्मले पाँच सय करोड नघाएका छन् ।
‘नेशनल क्रस’ बनेकी रश्मिका अल्लु अर्जुन पुष्पाः २ द रूलमा देखिएकी थिइन्, सो फिल्म १७४० करोड कमाउन सफल भएको थियो, जुन फिल्म भारतीय सिनेमामा सबैभन्दा बढी कमाउने दोस्रो फिल्म हो ।
त्यसअघि रणवीर कपुरकी श्रीमतीको भूमिकामा देखिएकी रश्मिकाको ‘एनिमल’ ले ९१५० करोड कमाएको थियो भने अहिले तेस्रो फिल्म छावाले पनि ५०० करोड ग्रस कलेक्सन कटाइसकेको छ ।
रश्मिकासँगै अक्षय खन्ना र निर्देशक लक्ष्मण उतेकरले पनि यस प्रतिष्ठित बक्स अफिस क्लबमा आफ्नो खाता खोलिसकेका छन्। ‘छावा’ को बक्स अफिस प्रदर्शनले म्याडक फिल्म्सको निर्माणको बढ्दो लोकप्रियतालाई रेखांकित गरेको छ। सो स्टुडियोले हालैका दुई ठूला भारतीय ब्लकबस्टरहरू मध्ये ‘छावा’ र ‘स्त्रीः २’ ले रेकर्ड तोड बक्स अफिस रेकर्ड बनाएका थिए । सो स्टुडियाका थप फिल्म पनि आउदैँछन, जो ब्लकब्लस्टर हुने अहिले नै अनुमान गर्न सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: