रतुवाबाई। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
आज जनताले पाएको अधिकार कसैको दयामायाले नभई जनताको संघर्षले प्राप्त गरेकाले यसमा आँखा नलगाउन चेतावनी दिए । हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरुले अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए ।
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले काङ्ग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सँधै कमजोर हुने अवस्था अब आउन नदिने बताए । अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरुसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि सङ्कल्पसहित जनतामा आएको बताए ।
गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता कोइराला र जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने भण्डारीको विशेष स्मरण गरेको बताए । अहिलेको सरकार दुबै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको बताए ।
पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले ३० हजारसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्याको नयाँ युग सुरु गरिएको स्मरण गराउँदै उनले तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महाअभियान सुरु गरेको जानकारी गराए ।
सामाजिक न्यायको रुपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारीपीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्त्वपूर्ण थालनी गरिएको बताए ।
आफूले प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उनले स्पष्ट गरे । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरुले काङ्ग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरे । अध्यक्ष प्रचण्डले सरकार जसरी र जुन उद्देश्यले बनेको हो, अहिले त्यही उद्देश्य पूरा गर्न भ्रष्टचारीहरुको संरक्षणमा लागिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...
आषाढ़ २५ गते, २०८३ - १५:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...
आषाढ़ २५ गते, २०८३ - १४:५६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...
आषाढ़ २५ गते, २०८३ - १४:२९
काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...



प्रतिकृया लेख्नुहोस्: