Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हुम्लाका आठ सय व्यवसायी कर तिर्देनन

खबरडबली संवाददाता

हुम्ला । हुम्ला जिल्लाका आठ सय भन्दा बढी व्यवसायी र फर्म लगायतका संस्था व्यक्तिहरू कर नतिर्नेमा परेका छन् । संस्था, फर्म र व्यवसाय दर्ता गर्ने र त्यसपछि नवीकरण नगरेको कारण उनीहरू कर नतिर्ने लिस्टमा कर कार्यालयले राखेको हो । 

जिल्लाभर दर्ता नभएर नवीकरण नगरी कर नतिर्ने सङ्ख्या ८८३ रहेको उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । यो कर भ्याट र प्यान रहेको छ । यसरी हालसम्म कर नतिर्नेमा व्यक्तिगत फर्म, गैरसरकारी संस्था, सरकारी संस्था, गुम्बा, व्यवसाय, सामूहिक फर्म रहेका छन् । २०६० सालमा दर्ता भएर हालसम्म नवीकरण नभएका संस्थाहरू पनि रहेको परिपत्र कर कार्यालय सुर्खेतबाट सङ्घमा आएको उनले बताए।

पछिल्लो समय विभिन्न सरकारी कार्यालयहरूमा अनुदान लिनका लागि फर्म दर्ता गर्ने तर त्यसलाई नवीकरण नगर्ने सङ्ख्या बढी रहेको छ । काम नगरे पछि त्यस्ता फर्म तथा संस्था, व्यवसायलाई रद्ध नगर्नाले पनि हुम्ला जिल्लाका ठुलो सङ्ख्यामा कर नबुझाउने सङ्ख्या देखिएको हो । कर कार्यालयले हालसम्म कर नतिर्नेहरूका लागि कर छुटको व्यवस्था ल्याएको ।

फागुन मसान्तसम्म नवीकरण गरेर कर बुझाउन सबैका लागि छुटको अवधि राखेको कारण आआफ्ना व्यवसाय नवीकरण उहाँले आग्रह गरे । राज्यले कुनै पनि बेला यसरी छलिएको कर लिने भएको कारण समय मै प्राप्त अवसरलाई नगुमाउन अध्यक्ष भण्डारीले आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: