Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एमाले सांसद रेखा शर्माको मुद्दामा महान्यायाधिवक्ता बडालको स्वार्थको द्वन्द्व

पहिला शर्माकै पक्षमा बहस, त्यसपछि मुद्दा नचलाउने निर्णय

खबरडबली संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णयमा महान्यायाधिवक्ता रमेश बडालको स्वार्थको द्वन्द्व देखिएको छ । काठमाडौं महानगरपालिकाले यसलाई पनि अनुसन्धानको विषय बनाउन भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र लेखेको छ । शर्मालाई मुद्दा नचलाउने निर्णयको विषयमा आयोगले छानबिन गरिरहेको छ ।

गत जेठमा महानगरपालिकाले सांसद शर्माको काठमाडौं बालुवाटारस्थित घरबाट बालिकाको उद्धार गरेको थियो । त्यसविरुद्ध बालिकाका परिवारले सर्वाेच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा बडालले सांसद शर्माको पक्षमा बहस गरेका थिए । अहिले उनै बडाल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि प्रश्न उठेको हो । त्यसवेला सांसद शर्माले नै त्यसरी रिट हाल्न लगाएर बडाललगायत कानुन व्यवसायी राखेको स्रोत बताउँछ । जसमा अदालतले महानगरपालिकाकै पक्षमा फैसला गरी बालिकालाई महानगरकै संरक्षणमा पढाउने अनुमति दिएको थियो ।

 यही मुद्दामा पहिला एक पक्षबाट बहस गरेका महान्यायाधिवक्ता बडालले मुद्दा नचलाउने निर्णय गर्नुमा स्वार्थको द्वन्द्व रहेको महानगरको भनाइ छ । महानगरपालिकाले आइतबार मुद्दासँग सम्बन्धित १२० पृष्ठ लामो फाइल आयोगमा बुझाउँदै स्वार्थको द्वन्द्वको विषय पनि उठाएको छ । आइतबार दिउँसो महानगरको टोली आयोग कार्यालय पुगी सचिवसमक्ष फाइल बुझाएको हो ।  

 काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य धीरज जोशी यो प्रकरणमा महान्यायाधिवक्ताको स्वार्थको द्वन्द्वको विषयमा पनि अनुसन्धान हुनुपर्ने बताउँछन् । ‘महानगरपालिकाका विरुद्धमा एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा आसिन रहेकाले मुद्दा नचलाइएको हो,’ उनले भने । 
सत्ताको आडमा सांसद शर्मालाई उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेको छ । काठमाडौं महानगरपालिकाले नै जिल्ला प्रहरी परिसर काठमाडौंमा शर्माविरुद्ध जाहेरी दिएकोमा महिनौँसम्म प्रहरीले अनुसन्धान रोकेको थियो । पछि मुद्दा नचलाउने निर्णय भएपछि महानगरपालिका प्रमुख बालेनसहितका अधिकारी सो निर्णयप्रति रुष्ट छन् ।  

दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनलाई महानगरले १४ जेठमा उद्धार गरेको थियो । महानगरपालिकाले प्रहरीमा जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन् । 
सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउनमा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले अनुसन्धानमा चासो दिएन । 

उद्धारपछि बालिकाका बुवाले छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए । सर्वोच्चले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दियो । सोहीअनुसार बालिका हाल महानगरको संरक्षणमा एक संस्थामा बसेर पढ्दै आएकी छिन् ।

बडालको भूमिकाबारे प्रश्न उठाउँदै मानव अधिकार आयोगलाई महानगरको पत्राचार

एमाले सांसद रेखा शर्मालाई उन्मुक्ति दिइएको प्रकरणमा महान्यायाधिवक्ता रमेश बडालको भूमिकामाथि प्रश्न उठाउँदै काठमाडौं महानगरले राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र बुझाएको छ । स्वार्थको द्वन्द्व देखिएकाले अनुसन्धान हुनुपर्ने भन्दै आइतबार दिउँसो महानगरको टोली आयोग कार्यालय पुगी मुद्दासँग सम्बन्धित १२० पृष्ठ लामो फाइल सचिवसमक्ष बुझाएको हो । 

‘महानगरपालिकाका विरुद्धमा एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा आसिन रहेकाले मुद्दा नचलाइएको हो,’ काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य धीरज जोशीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending