Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कंगोमा रहेका पाँच सय नेपाली असुरक्षित, नेपाल फर्किन राहदानी समेत पाएनन्

खबरडबली संवाददाता

काठमाडौं । कंगो सरकार र विद्रोही समूह एम २३ बीचको लडाईका कारण त्यहाँस्थित पाँच सय जना नेपालीहरू असुरक्षित भएका छन्।

गैरआवासीय नेपाली संघ कंगोका अध्यक्ष विष्णुप्रसाद गिरीका अनुसार कंगोमा एक हजारभन्दा बढी नेपालीहरू रहेका छन्, तीमध्ये रुवाण्डा र ब्रुन्डीको सीमा क्षेत्रका नेपालीहरू बढी असुरक्षित छन्।

एम २३ विद्रोही समूहले लोकतान्त्रिक गणराज्य कंगोको पूर्वी क्षेत्रमा विध्वंश मच्चाउँदै आएको छ। सो क्षेत्रका दुई सबैभन्दा ठूला शहरहरू कब्जा गरिसकेका छन्। विद्रोहीहरूको प्रभाव बढ्दै जाँदा हजारौं मानिसहरू आफ्ना घरहरूबाट पलायन हुन बाध्य भएका छन्।

'यहाँ विद्रोहीहरूले विभिन्न शहरहरू कब्जा गरिरहेका छन्। नेपालीहरू छरिएर बसेका छन्। धेरै नेपालीहरूले राहदानी नवीकरण गर्न र नयाँ राहदानी बनाउन नपाउँदा कंगो छोड्न सकेका छैनन्,' गिरीले भने।

कंगोलाई दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हेर्दै आएको छ। गिरीका अनुसार नेपाल सरकारको परिवर्तनसँगै नयाँ राजदूतको नियुक्ति नहुँदा राजदूतावासका कर्मचारीहरूको स्थायित्व समेत नभएकाले राहदानी सेवामा असर परेको हो। कंगोमा रहेका नेपालीहरूले राहदानी समस्याको समाधानको लागि घुम्ती सेवाको माग गरेका छन्।

गिरीले भने, 'कंगोमा रहेका नेपाली समुदाय गम्भीर समस्यामा परेका छन्। यहाँको विद्रोही गतिविधि तीव्र रूपमा बढ्दो छ, जसका कारण विदेशी नागरिकहरू, विशेष गरी नेपालीहरू, असुरक्षित बनेका छन्।'

भारतीय दूतावासलगायत अन्य देशहरूले आफ्ना नागरिकहरूलाई कंगो छोड्न आग्रह गरेका छन्। तर, नेपाली समुदायका लागि अहिलेसम्म कुनै ठोस पहल नहुँदा उनीहरूको नेपाल फिर्ती अन्योलमा परेको छ।

नेपालीहरूको राहदानी (पासपोर्ट) नवीकरण र भिसा समस्याले गम्भीर अवस्था निम्त्याएको बताउँदै गिरीले दुई वर्षभन्दा बढी भइसक्दा पनि कंगोमा रहेका नेपालीहरूको पासपोर्ट नवीकरण हुन नसकेको जिकिर गरे।

गैरआवासीय नेपाली संघ कंगोले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई यसबारे जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गिरीको छ।

'हामीले बारम्बार पत्राचार गर्दा र जानकारी गराउँदा पनि नेपाली दूतावासबाट सुनुवाइ भएको छैन, जसका कारण यहाँका नेपाली झन् ठूलो संकटमा परेका छन्। कतिपय नेपालीहरूसँग न त राहदानी छ, न त वैधानिक बसोबासका लागि आवश्यक कागजात,' गिरीले गुनासो पोखे।

समस्याका समाधानको लागि ३ बुँदे सुझाव

नेपालीहरूको उद्धारको लागि गैरआवासीय नेपाली संघ कंगोले सरकार तथा संघ समक्ष ३ बुँदे सुझाव पेस गरेको छ। एनआरएनए कंगोले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई एक पत्र लेख्दै कंगोको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले कंगोमा रहेका नेपालीहरूको सुरक्षाको लागि अवश्यक सहयोग गर्न संघ तयार रहेको बताए। उनले नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न त्यहाँस्थित नेपाली समुदायतलाई आग्रह गरे।

नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग पहल गरी पासपोर्ट नवीकरण र भिसा समस्याको समाधान गर्न तुरुन्त आवश्यक कदम चाल्नु पर्ने, कंगोमा रहेका नेपालीहरूको सुरक्षाका लागि वैकल्पिक उपाय खोज्ने र सम्भव भएसम्म उद्धारका लागि समन्वय गर्ने, नेपाल सरकार, एनआरएनए र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी कंगोमा रहेका नेपालीहरूको समस्या समाधानका लागि तत्काल उपाय अवलम्बन गर्ने लगायतका सुझाव दिएको छ।

बल्ल पुगे नयाँ राजदूत

दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत प्रा. कपिलमान श्रेष्ठ आफ्नो कार्यवाहक समाल्न गत साता प्रिटोरिया पुगेका छन्। दूतावासले गत बिहीबार एक विज्ञप्ति जारी गर्दै राजदूत श्रेष्ठले राजदूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीहरूसँग परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ। दूतावासका अनुसार राजदूत श्रेष्ठले यसै साता आफ्नो कार्यकक्षमा पुगेर पद बहाली गरेका छन्।  यो समाचार आजको नागरिक दैनिकले लेखेका छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending