Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

माझी समुदायको लदि पूजाका अवसरमा बिदा दिने निर्णय

खबरडबली संवाददाता

हेटौँडा । माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा बागमती प्रदेश सरकारले यही फागुन २० गते बिदा दिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा माझी समुदायलाई बिदा दिने निर्णय गरेको जानकारी दिए ।

उहाँले लदि पूजाका अवसरमा यही फागुन २० गतेका दिन माझी समुदायलाई बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताए ।

यसअघि नेपाल माझी उत्थान संघ केन्द्रीय समितिले लदि(कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गरेको थियोे ।

संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई गत माघको अन्तिम साता ज्ञापनपत्र बुझाउँदै नेपालमा रहेका विभिन्न जातजातिहरु मध्ये छुट्टै पहिचान र विषेशता बोकेको माझी जातिको प्रमुख चाड लदि(कोशी) पूजाका सार्वजनिक बिदा दिने निर्णय गर्न माग गरेको थियो ।

माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरुमा प्रमुख बसोवास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरुको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेशालाई मुख्य पेसाको रुपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरुको बसोबास प्रायःजसो नदी किनारमा रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending