Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन्।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले भने,'राजाको यति मात्रै चाहना रहेको छ। देश र जनतालाई बचाउन फेरि एक(पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ। राजाबाट फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन। राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।'

पूर्वराजा ज्ञानेन्द्र शाहले देशबासीलाई मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश दिएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।

राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टिका/टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गरेर ‍साकार पार्न राप्रपा नेपाल तयार रहेको बताए।

यनले यसका लागि  जनदबाब सिर्जना गर्ने काममा क्रियाशिल बन्ने समेत उद्घोष गरे। कार्यक्रममा अर्थविद् डाक्टर विश्व पौडेल,वरिष्ठ अधिवक्ता विष्णु भट्टराई ,भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले मुख्य सचेतक र सचेतक टुंग्यायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतकहरू टुंग्याएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य ...

विपक्षी दलहरूको संयुक्त बैठक सुरु, संसदीय समिति सभापति उम्मेदवारीबारे छलफल

काठमाडौं । संसदीय समितिका सभापतिहरूको उम्मेदवारीबारे रणनीति तय गर्न विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। बैठकमा नेपाली कांग्रेस, एमाले र नेकपा लग...

रास्वपाको संसदीय दल बैठक सुरु, समितिका सभापतिका उम्मेदवार टुंग्याउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिहरूका स...

लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् । काठमाड...

अध्यागमनको छापमा 'शर्त' लेख्ने कर्मचारीमाथि छानबिन सुरु

काठमाडौँ। अध्यागमन विभागले कुनै पनि नेपाली नागरिकलाई कानुनविपरीत शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति नरहेको स्पष्ट पारेको छ।  संयुक्त...

तीन जिल्ला र दुई प्रदेशका नागरिकको साझा स्वास्थ्य चौकी

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली...

कम्बोडियाबाट ४६ नेपाली उद्धार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार ...

संसदीय समितिका सभापतिमा उम्मेदवारीबारे छलफलमा विपक्षी दलहरू

काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवार तय गर्न आन्तरिक तथा संयुक्त छलफलमा जुटेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (न...

संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता, भोलि उम्मेदवार सूची प्रकाशन

काठमाडौं । संघीय संसदअन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म ...

प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दै छन्। बैठक दिउँसो २ बजे ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending