काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताएको छन । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्नुहुँदै मन्त्री दाहालले यस्तो बताएको हो ।
उनले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताए । उनले विकास निर्माणका आयोजनाहरुको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने जानकारी दिए।
‘‘अहिले हामीले विकासका मोडलहरुमा पनि हेरफेर गर्नुपर्ने भएको छ । हामीले योजनावद्ध विकास गर्न सकेका छैनौं । योजना आयोगले विकासका आयोजनाहरु अगाडि बढाउने भए पनि योजनाअनुरुप काम हुँदैन । अब त्यस्ता कुराहरुलाई अन्त्य गरेर मैले चाहीँ के सोचेको छु भने विकास निर्माणका कामहरु अगाडि बढाउँदाखेरि प्राथमकिता निर्धारण गर्नुपर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘पहिलो प्राथमिकता धेरे जनघनत्व भएको, मानिसको आवागमन धेरै हुने क्षेत्रलाई दिनुपर्छ । दोस्रो, जनताका उत्पादनहरु शहर र बजारसम्म ल्याउने वातावरण हुनुपर्यो ।’’
मन्त्री दाहालले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पुर्याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताए। उनले नेपाल ठुलो अर्थतन्त्र भएका दुई देशको बिचमा रहेको उल्लेख गर्दै ति देशका सीमा नाकामा सहज आवतजावतको वातावरण समेत बनाउनुपर्ने बताए।
उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्नुहुँदै चीनसँगका नाकाबाट सहज रुपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गरे ।
मन्त्री दाहालले भने, ‘‘हामी दुई ठुलो अर्थतन्त्र भएका देशका बिचमा छौं त्यसकारणले ति देशका सीमानाहरुमा रहेका सामान आयात गर्ने र निर्यात गर्ने वातावरण निर्माण गर्ने र कसरी हामीले अरु देशका उत्पादनहरु हाम्रो देशमा ल्याउनसक्छौं । चीनसँगको नाकालाई हामीले अब प्राथमकिता दिन्छौं । कुनै एक देशसँग मात्र निर्भर हुन नपरोस् भन्नका लागि सबै नाकाहरुमा एक्सेस बढाउने काम गर्छौं ।’’
बिहीवारबाट सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: