Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

देशमा एमालेकरण भइरहेको छः शेखर कोइराला

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा बिस्तारै एमालेकरण भइरहेको बताएका छन् । नेपाल प्रेस युनियनका जिल्ला शाखा सभापतिहरूको भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले केन्द्रदेखि वडासम्म सत्तारुढ दलको संयन्त्र बनाएर शासन गर्ने प्रयास भइरहेको र त्यसले कालान्तरमा एमालेकरण हुने दाबी गरे ।

डा. कोइरालाले भने– महान्यायाधिवक्ताको क्रियाकलाप हेर्ने हो भने अधिकारको दुरुपयोग भइरहेको छ भन्नेमा दुई मत छैन । कता कता मलाई चिन्ता लागेको छ लोकतन्त्र अप्ठेरोमा परेको छ । संयन्त्रले सरकार चलाउने कम्युनिस्ट देशमा मात्र हुन्छ,तर अहिले यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकेको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाएर चलाउने दुष्प्रयास उहाँहरूले गर्न खोजिरहनुभएको छ । बिस्तारै थाहा नपाउने किसिमले एमालेकरण भइरहेको छ भन्ने मलाई लागिरहेको छ ।

डा.कोइरालाले सुशासन,स्थायित्व र विकासका लागि आफ्नो समेत पहलमा कांग्रेस एमालेको सरकार बनेको तर अहिले यसले लोकतन्त्रलाई अप्ठेरो पारिरहेको आरोप समेत लगाए । कोइरालाले संसदमा सरकारले पेश गरेको सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित भए अभिव्यक्ति स्वतन्त्रमा आघात पुग्ने समेत बताए ।

कोइरालाले भने मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ,संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ,त्यसले लोकतन्त्रलाई अप्ठेरोमा पारिरहेको छ । सुशासन दिन्छ भनेर ल्याएको, तर कस्तो दिने रहेछ भने घुस दिनेलाई समात्ने,घुस लिने चाहिँ छाडिने रहेछ ।

देशभरबाट आएका कांग्रेसनिकट पत्रकारहरूलाई कोइरालाले सरकारविरुद्ध खबरदारी गर्न आह्वान समेत सोही भेलामा गरे । सोही भेलामा कांग्रेसका अर्का नेता एनपी साउद, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाललगायतले सरकार लोकतन्त्रको विपरीत दिशामा हिँडेको आरोप गलाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending