Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

राज्य आतंककाे पराकाष्ठाः किराँत चुम्लुङ हिमको कार्यालयमा मध्यराति प्रहरी

खबरडबली संवाददाता

काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसमेत लगाएका छन् ।

राति करिब ११ बजे प्रहरी निरीक्षक दिवस कुँवरसहितको टोली किराँत याक्थुम चुम्लुङको कार्यालयको गेटबाट भित्र प्रवेश गरेका थिए । त्यतिबेला पहिचानवादी अभियन्ताहरु कार्यालयको कोठाभित्र थिए ।

प्रहरीले कोठाको ढोका खोल्न भने पनि उनीहरुले मानेनन् । उनीहरुले कोठाभित्रैबाट फेसबुक लाइभ गर्दै प्रहरीहरु आफूहरुलाई पक्राउ गर्न आएको भन्दै पत्रकार, अधिकारकर्मी र अभियन्ताहरुलाई कार्यालयमा आइदिन आह्वान गरेका थिए । केही समयपछि अधिकारकर्मी र पत्रकारहरु आएपछि प्रहरीहरु फर्किएका थिए ।

सोही दिन दिउँसो ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको थियो ।

केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको थियो । त्यसको नेतृत्व मुकुम्लुङ संरक्षण संघर्ष समितिले लिएको थियो । पीडितबाट उजुरी परेपछि मोसो दल्नेहरुमाथि प्रहरीले निगरानी र खोजी अघि बढाएको थियो ।

प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक दिनेश अधिकारीले भने, ‘पीडितबाट एक जनाको नामै किटेर उसहित १३ जना भनेर उजुरी परेको छ । त्यसैले आरोपीलाई खोज्ने क्रममा प्रहरी टोली त्यहाँ (किराँत चुम्लुङ हिमको कार्यालय) पुगेको थियो ।’ तर कसैलाई नियन्त्रणमा नलिएको उनले बताए ।

प्रहरी फर्किएपछि पहिचानवादी र मुकुम्लुङ संरक्षण संघर्ष समितिका अभियन्ताहरुले पत्रकारहरुलाई बोलाएका थिए । पत्रकारहरु उनीहरुको कोठाभित्र प्रवेश गरेपछि पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य जेन्टल लावतीले संविधानले सम्पदास्थल संरक्षण गर्न पाउने हक सुरक्षित गरको र आफूहरुले त्यही कुरा उठाउँदा प्रहरीले दमन गर्न खोजेको आरोप लगाए ।

जनमुक्ति पार्टीको केन्द्रीय उपमहासचिव समेत रहेका विष्णु थामदेनले प्रहरी पक्राउ पुर्जीविना नियन्त्रणमा लिन आएको बताए । तर आफूहरुले कानुनी प्रक्रियामा प्रश्न उठाएपछि प्रहरी फर्किएको उनको भनाइ छ ।

प्रहरी फर्किए पनि अहिलेसम्म कार्यालयभित्रै नजरबन्दमा परेजसरी बसिरहेको उनले बताए । उनले भने, ‘प्रहरी प्रशासनले बाहिर ननिस्किन चेतावनी दिएको छ । हामी एकप्रकारले नजरबन्दमा परेजस्तो भएका छौं,’ उनले भने । उनका अनुसार कोठाभित्र ६ जना छन् र बाहिरबाट ताला लगाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending